Dish Media Network
global ime bank
machapuchhare  bank

नेपाल वाल प्लास्टद्वारा टायल एडेसिभस् ठेकेदार भेटघाट कार्यक्रम सम्पन्न

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । दक्ष जनशक्ति र गुणस्तरीय निर्माण सामग्रीको पहुँच घरघरमा पुर्‍याउने लक्ष्यसहित नेपालको सबैभन्दा कुशल उत्पादकको रुपमा परिचित हुन “नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालि” का उत्कृष्ट उत्पादनहरु नेपालभरी उपलब्ध छन् ।

 

निर्माण र उत्पादनको क्षेत्रमा लामो अनुभव हासिल गरेको व्यवस्थापन टोलीद्वारा स्थापित यस नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिले एनपीएम बिल्ड सोलुसन, मध्यपुर ठिमीको सहकार्यमा फागुन २ गते मंगलबार मध्यपुर ठिमीमा “ठेकेदार भेटघाट कार्यक्रम” आयोजना गरेको कम्पनीले जानकारी दिएको छ ।

 

नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक नरेश प्रसाद साहले कम्पनीको नेतृत्व गर्दै आफ्नो उत्पादन मध्य टायल एडेसिभको गुणस्तर, विशेषता, बजार आवश्यकता तथा विदेशी उत्पादन भन्दा उत्कृष्ठ रहेको बारे जानकारी दिए । यसै गरी एनपीएम बिल्ड सोलुसन, मध्यपुर ठिमीसँगको सहकार्य अझ प्रगाढ हुनेमा विश्वस्त रहेको जनाए । एनपीएम बिल्ड सोलुसनका बजार प्रबन्धक दिनेश दाहालले मध्यपुर ठिमीको नेतृत्व लिदै मुख्य डिलरको भुमिका निर्वाह गर्नेमा जोड दिए ।

 

यसैगरी घर निर्माण क्षेत्रमा डेढ दशक लामो अनुभव बोकेका गोपाल थापा र श्याम थापाले पनि नेपाल वाल प्लास्टका उत्पादन प्रयोगको अनुभव सहभागीहरुलाई सुनाएका थिए । उनका अनुसार काम गर्न सरल, छिटो तथा बलियो हुने हुँदा उनीहरु कामको उत्पादकता तथा आम्दानीमा बृद्धि भएको छ ।

घर निर्माण गर्दा निर्माण सामाग्री विशेष गरी सिमेन्ट तथा बालुवाको गुणस्तरमा पर्याप्त जानकारी नहुने समस्या विद्यमान रहेको छ । माटो, स्लिट तथा अन्य अनावश्यक वस्तुहरु मिसिएको बालुवाको प्रयोगले मिश्रण बलियो नहुनु, दक्ष जनशक्तिको अभाव, मिश्रणमा एकरुपता नहुने, ढुवानी तथा भण्डारणको समस्या, निर्माण कार्य समयमै पुरा गर्न नसकिने, भविष्यमा संरचनाबाट पानीको चुहावटको समस्या, क्र्याकको समस्या तथा अन्य निर्माण कार्य सम्बन्धित समस्याहरु समाधान गर्दै नेपाल वाल प्लास्टले आफ्ना उत्पादनहरुलाई निर्माण जगतको अभिन्न अंगका रुपमा स्थापित गरेको छ ।

 

अत्याधुनिक कारखानामा इटालियन उच्च प्रबिधि तथा कम्प्युटराइज्ज प्रणाली र अनुभवी दक्ष प्राबिधिक जनशक्तिद्वारा उत्पादित हुने वालप्लास्ट, इटालियन वर्नरको साथ थ्री रिट्र्न सिलिङ ड्रायर भएको पुणर् स्वचालित प्लान्टबाट १०० प्रतिशत, धुलो माटोरहित ग्रेडिङ गरिएको बालुवा, अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट र विशेष पाउडर तथा अन्य सामग्री मिश्रण गरि निर्माण गरिएको तयारी मोर्टार नेपाली निर्माण बजारका लागि नौलो उत्पादन रहेको कम्पनीले जनाएको छ ।

 

नेपालमा ड्राइ मिक्स मोर्टार नयाँ र नौलो उत्पादन हो । यसको निर्माण क्षेत्रमा अवसर हेर्दै ग्राहकसामु आफ्नो उत्पादन पुर्‍याउन तथा निर्माण क्षेत्रको व्यापक विश्लेषण गर्दै यसलाई प्रभावकारी बनाई दीर्घकालीन रूपमा आफ्नो व्याबसायिक प्रतिष्ठा जोगाउन लागि पर्ने पनि कम्पनीले दावी गरेको छ ।

 

कम्पनीले न्यून कार्वन मान्यतालाई कठोरताका साथ पालना गर्ने हुँदा उपभोक्ता, समुदाय र समाजको स्वास्थ्यप्रति पूणर् प्रतिबद्ध रही आफ्ना उत्पादनलाई बजारमा ल्याउने बताइएको छ । उत्पादन तथा वजार व्यवस्थापनमा विविध चुनौति रहेता पनि आफ्ना उत्पादनका बिशेषताहरुले गर्दा हरेक समस्यालाई चिर्दै अगाडि बढ्ने कम्पनीको प्रतिबद्धता रहेको छ ।

 

कम्पनीले आफ्ना उत्पादनको गुणस्तर र विशेषताबारे स्पष्ट पार्दै पानी राख्नासाथ प्रयोग गर्न मिल्ने, जसले गर्दा समयको बचत तथा मितव्ययी हुने, उत्पादकत्वमा वृद्धि हुन गई कम लागतमा काम सम्पन्न हुने हुँदा उत्पादनको बजार मूल्य सस्तो हुने जनाउँदै, मेसिन मिक्स भएका कारण एकनासको गुणस्तर रहिरहने कम्पनीको दावी रहेको छ ।

ADBL
prabhu bank

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४८

  काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०७

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०१

        काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट...

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५५

  काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौता गरेको...