Dish Media Network
global ime bank
machapuchhare  bank

विकास हाइड्रोको प्रधानमन्त्री प्रचण्डद्वारा शुभारम्भ, एनआरएनलाई बिशेष धन्यवाद

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौँ, फागुन १५ । गोरखा जिल्लाको उत्तरी भुभागमा पर्ने धार्चे गाँउपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेड द्वारा प्रर्बद्धित ४.५५ मेघावाटको माथिल्लो माछाखोला जलबिद्युत आयोजनाको प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सोमवार प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहका बिच बिद्युत आयोजनको भर्चुअल रुपमा टरबाईन सञ्चालन गरी समुदघाटन गरेका छन ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताउदै बालुटारमा सोमवार आफ्नै निर्वाचन क्षेत्रमा अवस्थित विकास हाइड्रोको विद्युतिय माध्यमबाट उदघाटन गरेका हुन ।

 

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफू सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको जनाउदै गोरखा जिल्लाको हाइड्रोको उदघाटन विकासको शुरुवात भएको उल्लेख गर्दै स्थानीयलाई रोजगारको प्रत्याभूत गराएकोमा लगानीकर्तालाई धन्यवाद ब्यक्त गरे । प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतिपूर्ण हुने गरेको जनाउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए ।

उनले यो वर्ष चुनावी वर्षका रुपमा बितेको जनाऊदै बैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिने र तेसपछी विकास निर्माणको काममा लाग्ने बताए ।

 

यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको जनाउदै प्रधानमन्त्री प्रचण्डले गोरखाको जनप्रतिनिधिको हैसियतले लगानीकर्ता हरुलाई विशेष धन्यवादसमेत दिए । गोरखाबाटै विकासका लागि यस हाइड्रोको उदघाटन गर्ने अवसर जुटाइदिनुभएकोमा प्रधानमन्त्रीले धन्यवाद ब्यक्त गर्दै यसको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरु पनि अगाडि बढाउने बिश्वास लिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले हाइड्रो निर्माणमा सम्लग्न गैरआवासीय नेपालीहरु र स्थानीय लगानीकर्ताहरुको योगदानका लागि विशेष धन्यवाद ब्यक्त गर्दै एनआरएनएहरुलाई थप लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले १३२ केभिएको ट्रान्समिसन लाईन धार्चे गाउपालिका माछाखोलामा निर्माणको लागी सरकारले तत्काल काम शुरु गर्ने समेत बताए ।

 

उनले सरकारको अवको लक्ष्य शुसासन र विकास नै रहेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रहसमेत गरे ।
कार्यक्रममा गोर्खा क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य राजेन्द्र बजगाईले गोर्खाका विविध समस्याको वारेमा प्रधानमन्त्रीलाई जानकारी गराउदै १३२ केभिएको ट्रान्समिसन लाईन धार्चे गाउपालिका माछाखोलामा निर्माण तत्कालै गर्नुपर्ने बताए ।

उनले यस्को लागी जग्गाको कुनै समस्या नरहेको जनाउदै यो नबन्दा धेरै हाईड्रोहरुलाई समस्या भएको बताए । बजगाईले गोर्खामा बुढीगण्डकी सङ्गै अन्य धेरै हाईड्रोको प्रचुर सम्भावना रहेको जनाउदै विकास हाईड्रोका लगानीकर्तालाई थप सफलताको लागी शुभकामना दिए ।

 

 

 

कार्यक्रममा विकास हाईड्रो पावरले आफ्नो उत्पादन शुरू गरेकोमा सहकार्य गर्ने सबै र आफ्नो ब्यस्त समयको बाबजुद कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्री प्रचण्ड,गोर्खा क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य राजेन्द्र बजगाई,गोर्खाका स्थानीय निकायका पदाधिकारीहरुलाई हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानेले विशेष धन्यवाद ब्यक्त गरे ।

गोरखा जिल्लाको दुर्गम गाउँमा बनेको यस हाईड्रोमा गैर आवासीय नेपालीहरूको ठुलो लगानी रहेको एनआरएनए आईसिसिका सचिव एबं हाइड्रोका अध्यक्ष न्यौपानेले बताए ।

 

कम्पनीलाई आजको यस अवस्थासम्म ल्याई पुर्याउन सहयोग गर्नु हुने सम्पूर्ण शेयरधनी महानुभावहरु, नेपाल सरकार उर्जा मन्त्रालय, वन मन्त्रालय, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, रास्ट्रीय बाणिज्य बैंक , बीमा कम्पनीहरु, वित्तिय तथा प्राविधिक परामर्शदाताहरु, निर्माणको डिजाइन तथा सुपरिवेक्षण गरिदिने परामर्शदाताहरु, कानुनी सल्लाहकारहरु, संचारकर्मीहरु,संरचना निर्माणमा सहयोग पुर्याउनु हुने स्थानिय वासिन्दाहरु, राजनैतिक दलहरु, यस कम्पनीको काममा अहोरात्र मेहनत गर्नुहुने प्रबन्ध निर्देशक कृष्ण घिमिरे,निर्देशक सरोज धिताल लगायत सम्पूर्ण निर्देशकहरु र कर्मचारीहरुलाई अध्यक्ष न्यौपानेले आभार प्रकट गर्दै धन्यवाद ब्यक्त गरेका छन ।

 

उक्त कार्यक्रममा विकास हाईड्रो पावरका प्रवन्ध निर्देशक कृष्ण घिमिरेले स्वागत मन्तब्य गर्दै हालसम्म साथ दिने र उपस्थित सबै अतिथी,सेयर सदस्यहरुलाई धन्यवाद ब्यक्त गरे ।

यस कम्पनीको नेतृत्व गैर आवासिय नेपाली संघका वर्तमान सचिव खगेन्द्र न्यौपानेले गरेका छन भने सञ्चालक समितिको प्रवन्ध निर्देशकमा कृष्ण प्रसाद घिमिरे,निर्देशकमा सरोज धिताल, जोन घले, इन्द्र बहादुर ढकाल, सुनिल श्रेष्ठ लगायतका युवा ब्यवसायिहरु रहेका छन ।

उक्त कार्यक्रममा हाईड्रोका अध्यक्ष र निर्देशक संगै लगानीकर्ताहरु गैर आवासिय नेपाली संघका कोषाध्यक्ष लोक प्रसाद दाहाल,सुनिल शर्मा,रामजी बगाले,सन्तोष कोईराला,मणि गुरुङ,बालकृष्ण खड्का,इश्वर सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।

एनआरएनएका कोषाध्यक्ष एबं हाईड्रोका लगानीकर्ता लोक दाहालले दिईएको समयसिमामा कैयौ हाईड्रो नबनेको अवस्थामा विकास हाईड्रो भने ६ महिनापहिले नै निर्माण सम्पन्न गरेकोमा अध्यक्ष न्यौपाने र ब्यवस्थापन टिमलाई धन्यवाद ब्यक्त गरे ।

अस्ट्रेलियाका ब्यावसायी एबं हाईड्रोका निर्देशक जोन घलेले आफु शुभारम्भ कार्यक्रममा उपस्थित हुन नसकेको जनाउदै हाईड्रोको ब्यवस्थापन टिम राम्रो भएकाले आफुले अरु प्रोजेक्टमा पनि थप लगानी गर्ने बताए ।

 

उक्त हाइड्रो सम्पन्न गरेलगत्तै अर्को हाइड्रो पनि निर्माण शुरु गरिने संचालकहरुले कार्यक्रममा नै घोषणा गरेका छन ।
गोरखा जिल्लाको उत्तरी भुभागमा पर्ने धार्चे गाँउपालिकामा रहेको बुढि गण्डकी नदिको सहायक नदि माछा खोलामा करिब १ अरब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा प्रमोटरको ३५ प्रतिशत लगानी र राष्ट्रिय बाणिज्य बैंकको ६५ प्रतिशत ऋण मार्फत लगानी रहेको छ । यस आयोजनाले नेपाल बिद्युत प्राधिकरण संग बिद्युत खरिद बिक्री संम्झौता अनुुसार २०८० साल आषाढ ३० गते बिद्युत उत्पादन संम्पन्न गर्ने लक्ष्य रहेपनी सो मिति भन्दा ६ महिना अगावै सम्पूर्ण निर्माणकार्य सम्पन्न गरि उत्पादन सुरु गरेको छ ।

यस आयोजनाले निमार्ण अवधिमा सो क्षेत्रका १५० भन्दा धेरै स्थायिनलाई रोजगारी प्रदान गरेको थियो भने हाल आयोजना निर्माण सम्पन्न पश्चात आयोजना सञ्चालनका लागि २० भन्दा माथि ब्यक्तिहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी अवसर प्रदान गरेको छ ।

विकास हाईड्रोपावर कम्पनी लिमिटेडद्धारा सञ्चालित यस आयोजनामा गैर आवासिय नेपालीहरुसङ्गै स्वदेशका ब्यावसायीहरुको उत्साहजनक सहभागिता र लगानी रहेको छ ।

 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस कम्पनीले आयोजना प्रभावित क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ । स्थानिय क्षेत्रमा वासिन्दाहरु हिंडडुल गर्ने बाटोघाटो र पुलको मर्मत गरिएको छ । स्थानिय सरकार संग समन्वय गरी स्थानिय बाटोहरु मर्मत तथा स्तरोन्नती गरिएको छ। खेतिपातीको सिचाइका लागि कुलो मर्मत गरिएको छ । त्यसैगरी वातावरण संरक्षण गर्नको लागि वृक्षारोपण गर्ने, भुक्षय रोकथामका कार्यहरु गर्ने र आयोजनाबाट निस्कने प्रदुषण कम गर्ने उपायहरु गरिएका छन ।

ADBL
prabhu bank

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ: पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ:...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:३२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:२२

    काठमाडौं । ललितपुरको बागमती गाउँपालिकामा तीन जनालाई क्षयरोग...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् : उपसभापति गुरुङ

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् :...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:४२

  काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले, रेमिट्यान्सको पैसाले...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ : पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ...

वि.सं.२०७९ चैत ६ सोमवार ०९:५२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या...

वि.सं.२०७९ चैत ५ आइतवार १४:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका...