Dish Media Network
global ime bank
machapuchhare  bank

निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारलाई वरिष्ठ उपाध्यक्ष ढकालको माग

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् ।

नवलपुरको गैँडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “हरेक सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने र निजी क्षेत्रको विकास गर्ने भनेर भन्ने गरेको सुनिन्छ । तर व्यवहारमा हामीले दलहरूले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको महसुस गर्न सकेको छैनौं । मुलुकका औद्योगिक विकास र आर्थिक मुद्दा लिएर सरकारका विभिन्न निकायमा पुग्दा यो निजी क्षेत्रको मात्र एजेण्डा हो भन्ने गरेको पाइन्छ ।”

उनले निजी क्षेत्रले आयात रोकेर अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन्न भनेको कुरा औल्याउँदै यसले राजश्व घटाउने मात्र काम गरेको बताए । हरेक नयाँ नीति तथा नियमहरू बनाउँदा निजी क्षेत्र तथा सरोकारवालाहरुसँग व्यापक छलफल गर्न उनले सरकार तथा नियामक निकायलाई सुझाव समेत दिए ।

बैंकबाट लिएको कर्जाको व्याज तथा कर्जा तिर्न पर्दैन भन्दै केही व्यक्तिले बोल्ने गरेको बताउँदै उनले यसबाट अर्थतन्त्रमा ठूलो समस्या निम्तिन सक्ने संकेत गरे । यस्तै उनले कोरोनाभाइसरका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउँदै कोरोनाभाइरसका कारण वैदेशिक रोजगारमा जानेक्रम घट्दा, नेपाल फर्किएका कामदारहरू तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आउन गएको बताए

ADBL
prabhu bank

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ: पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ:...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:३२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि

बागमती गाउँपालिकामा ५४४ जनाको परीक्षण गर्दा ३...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:२२

    काठमाडौं । ललितपुरको बागमती गाउँपालिकामा तीन जनालाई क्षयरोग...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् : उपसभापति गुरुङ

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् :...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:४२

  काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले, रेमिट्यान्सको पैसाले...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ : पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ...

वि.सं.२०७९ चैत ६ सोमवार ०९:५२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या...

वि.सं.२०७९ चैत ५ आइतवार १४:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका...