nic bank
himalayan everesat
Nmb bank

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना नभएको भए नेपालमा पञ्चायती व्यवस्था नढल्ने बताएका छन् ।

नेकपा एमाले, पर्वत–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रममा बोल्दै गुरुङले कम्युनिष्टको उदय भएकै कारण नेपालमा लामो समय रहेको पञ्चायत व्यवस्था ढलेको बताए । माले हुँदै नेकपा एमालेको स्थापना गरेकै कारण नेपालमा जनवादी व्यवस्थामा पनि बहुदलीय एकता र प्रतिस्पर्धा हुने भन्दै आफ्नो पार्टीले बहुदलीय जनवादी व्यवस्थाको पक्षमा पहिलो पटक ओकालत गरेको उनले दाबी गरे ।

नेपालमा भएको एकतन्त्रीय पारिवारीक शासन प्रणालीको अन्त्यका लागि नेपाली कांग्रेसलाई समेत एक ठाउँमा ल्याएर बाम मोर्चा गठन गरि कांग्रेस र बाम मोर्चाको बीचमा पनि सेतुको काम नेकपाले गरेको जिकिर उनले गरे । नेपाली कांग्रेसले राजा र पञ्चायत संगै चोचोमोचो मिलाएर बसेको आरोप लगाउँदै उनले भने, ‘ नेपालमा भएको एकतन्त्रीय पारिवारीक शासन प्रणालीको अन्त्यका लागि नेपाली कांग्रेसलाई समेत एक ठाउँमा ल्याएर बाम मोर्चा गठन गरि कांग्रेस र बाम मोर्चाको बीचमा पनि सेतुको काम नेकपा स्थापना नभएको भए, तेस्रो महासचिव मदन भण्डारी निर्वाचित नभएको भए पञ्चायत जाने थिएन् ।’

तीस वर्षीय पञ्चायती व्यवस्थालाई फाल्नको लागि नेकपा मालेले नेतृत्वदायी भूमिका निभएको भन्दै गुरुङले नेकपा गर्व गर्न लाएक पार्टी भएको बताएका छन् ।

उनले संसारभरीका कम्युनिष्ट ओरालो लाग्दा कम्युनिष्ट आन्दोदन प्रति प्रश्न उठीरहेको सन्र्दभमा नेकपा एमालेले नेपालमा भएको पहिलो आम निर्वाचनबाट जनताको विस्वास जितेर आएको पनि बताए ।

मनकामना स्मार्ट लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न

मनकामना स्मार्ट लघुवित्तको छैटौं वार्षिक साधारण सभा...

वि.सं.२०८० चैत २९ बिहीवार २३:३४

  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण...

श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को आयोजनामा काठमाडौंमा श्री रामकथा आयोजना

श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को...

वि.सं.२०८० चैत २९ बिहीवार २३:१७

  गौ सेवा प्रकल्प उद्देश्यको लागी यहि मिति २०८० चैत्र...

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री दाहाल

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ...

वि.सं.२०८० चैत २९ बिहीवार २३:०७

  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई...

भक्तपुर महोत्सवमा उल्लेख्य सहभागिता, विहीबार चर्चित कलाकारहरुको प्रस्तुति

भक्तपुर महोत्सवमा उल्लेख्य सहभागिता, विहीबार चर्चित कलाकारहरुको...

वि.सं.२०८० चैत २९ बिहीवार २२:५१

  आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा अहिलेसम्म...

प्रधानमन्त्रीले मलाई र गृहमन्त्रीलाई राखेर व्यवसायी नतर्साउन निर्देशन दिनुभएको छ : अर्थमन्त्री

प्रधानमन्त्रीले मलाई र गृहमन्त्रीलाई राखेर व्यवसायी नतर्साउन...

वि.सं.२०८० चैत २९ बिहीवार २२:१६

  अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई...

नयाँ वर्षसँगै ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिस घण्टा खुला

नयाँ वर्षसँगै ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिस...

वि.सं.२०८० चैत २९ बिहीवार २२:१३

    काठमाडौं । नयाँ वर्ष २०८१ देखि दरबारमार्ग र...