nic bank
himalayan everesat
Nmb bank

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजी जाने सम्भावना

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

 

काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह मन्त्रालय आफु नेतृत्वको माओवादी केन्द्रलाई दिने तयारीमा छन् ।

प्रधानमन्त्री कार्यालय सचिवालयका अनुसार गृह माओवादी केन्द्रले पाए भौतिक पूवौधार तथा यातायात मन्त्रालय सम्हालिरहेका नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने तयारीमा छन् । उप्रधानसहित भौतिक मन्त्रालय सम्हालिरहेका मन्त्री श्रेष्ठ पनि गृह जान इच्छुक छन् । उनी तत्कालिन एमाले गठबन्धन सरकारको पालामा पनि गृह नै जान खोजिरहेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले गृह नछाडेपछि उनी भौतिक मन्त्रालय जान बाध्य भएका थिए ।

सचिवालय स्रोतले भन्यो,‘मन्त्रालयको जिम्मेवारी हेरफेर हुने पक्का हो । तर, कसले कुन मन्त्रालय पाउँछ भन्ने बिषय सपथ नलिई भन्न सकिन्न । यद्यपी, सत्ता साझेदार दलसँग मन्त्रालय भागण्डाको बिषयमा छलफल जारी छ । त्यसपछि कसले कुन मन्त्रालय पाउने टुंगिएला ।’

गठनबन्धनमा रहेका काँग्रेसले अर्थ मन्त्रालय पाउने लगभग पक्का भएको छ । त्यसो हुँदा गृह माओवादी केन्द्रले नै पाउने हालसम्मको अवस्था छ । श्रेष्ठसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि हेरहेर हुने तयारी छ । अहिले मन्त्रालयको नेतृत्व अमनलाल मोदीले गरिहेका छन् ।

मन्त्रालय हेरफेर भए मोदी सहरी विकास वा उर्जा मध्ये एक मन्त्रालयमा जानेछन् । सुचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी भने यथावत नै रहनेछ । उक्त मन्त्रालयको रेखा शर्माले गरिरहेकी छिन् ।

मनकामना स्मार्ट लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न

मनकामना स्मार्ट लघुवित्तको छैटौं वार्षिक साधारण सभा...

वि.सं.२०८० चैत २९ बिहीवार २३:३४

  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण...

श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को आयोजनामा काठमाडौंमा श्री रामकथा आयोजना

श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को...

वि.सं.२०८० चैत २९ बिहीवार २३:१७

  गौ सेवा प्रकल्प उद्देश्यको लागी यहि मिति २०८० चैत्र...

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री दाहाल

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ...

वि.सं.२०८० चैत २९ बिहीवार २३:०७

  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई...

भक्तपुर महोत्सवमा उल्लेख्य सहभागिता, विहीबार चर्चित कलाकारहरुको प्रस्तुति

भक्तपुर महोत्सवमा उल्लेख्य सहभागिता, विहीबार चर्चित कलाकारहरुको...

वि.सं.२०८० चैत २९ बिहीवार २२:५१

  आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा अहिलेसम्म...

प्रधानमन्त्रीले मलाई र गृहमन्त्रीलाई राखेर व्यवसायी नतर्साउन निर्देशन दिनुभएको छ : अर्थमन्त्री

प्रधानमन्त्रीले मलाई र गृहमन्त्रीलाई राखेर व्यवसायी नतर्साउन...

वि.सं.२०८० चैत २९ बिहीवार २२:१६

  अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई...

नयाँ वर्षसँगै ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिस घण्टा खुला

नयाँ वर्षसँगै ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिस...

वि.सं.२०८० चैत २९ बिहीवार २२:१३

    काठमाडौं । नयाँ वर्ष २०८१ देखि दरबारमार्ग र...