फिल्म हलमा प्रदर्शन भएका सिनेमाको दृष्य खिचेर सार्बजनिक गर्दा व्यापारिक क्षति भएको छ : कलाकार केसी
Tuesday Mar 28, 2023
वि.सं.२०७९ चैत १४ मंगलवार २०:४२
काठमाडौं । बरिष्ठ कलाकार भुवन केसीले फिल्म हलमा प्रदर्शन भएका सिनेमाको दृष्य खिचेर सार्बजनिक गर्दा व्यापारिक क्षति भएको बताएका छन् ।
मङ्गलबार चलचित्र बिकास बोर्डले सञ्चालन गरेको फिल्म साइबर सेक्युरिटि डेक्स कार्यक्रममा बोल्दै केसीले फिल्मका सम्पुर्ण दृष्य सार्वजनिक गर्दा दर्शक टिकट काटेर फिल्म हल सम्म नपुग्ने भएकाले ब्यापारिक क्षति भएको बताए ।
उनले भने , “फिल्म पुरा भएपछि हलमा प्रदर्शन गर्दा सिनेमाको महत्वपुर्ण दृष्य खिचेर फेसबुकमा, युट्युबमा अपलोड गरिएको हुन्छ । त्यसबाट मुख्य कुरा हेरिसकेपछि दर्शकले टिकट काटेर कसरी हेर्नु, व्यापारिक दृष्टिकोणले कयौँ क्षति छ । यस्ता गतिविधि जघन्य अपराध नै हो । यसलाई न्युनिकरण कसरी गर्न सकिन्छ । यदि कसैले गर्छ भने हद सम्मको कारबाही गरि अर्का पटक यस्तो कार्य गर्नु हुदैन भन्ने चेतना हुन्छ ।”
उनले सुटिङ्गमा भएका सिन युटुबमा, फेसबुकमा हाल्दा सिनेमा कर्तालाई धेरै नोक्सान हुने बताए ।
आमनागरिकले आफनो रमाइलोका लागी सिनेमा दृष्य सार्वजनिक गरिदिँदा घरखेत बन्दकी लगाएर सिनेमा बनाएका निर्देशकलाई अप्ठयारो पर्ने भन्दै यस प्रति सम्वेदनशील हुन आग्रह गरे ।