nic bank
himalayan everesat
Nmb bank

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी काम भइरहेको छ : अध्यक्ष, केसी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर घटाउन आफूहरुले काम गरिरहेको बताएका छन् । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी काम भइरहेको बताए ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका केसीले कुनै समूहले आन्दोलन गरेर ब्याजदर नघट्ने समेत बताए । ब्याजदर निरन्तर घट्ने क्रममा रहेकाले अराजक गतिविध रोक्न आग्रह गरे ।

‘पछिल्लो समय बैंकको ब्याजदर उच्च भयो भनेर व्यवसायीहरु सडकमा आन्दोलन गरिरहेका छन्, बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि भएका छन्,’ उनले भने, ‘ब्याजदर घटाउन हामी प्रयास गरिरहेका छौं, आन्दोलन गरेर ब्याजदर घटबढ हुँदैन, माग र आपूर्तिले निर्धारण गर्छ ।’

उनले घरजग्गाको कारोबारमा कमी आउँदा बैंकको खराब कर्जा बढेको समेत बताए । अधिकांश सूचकहरु सकारात्मक अवस्थामा रहेका बेला बैंकहरु जोखिम अवस्थामा नरहेको उनको भनाइ छ ।

‘सूचकहरु सकारात्मक रहेका छन्, नेपालका बैंकहरु जोखिममा छैनन्, घरजग्गाको कारोबार ठप्प हुँदा खराब कर्जा बढ्ने सम्भावना छ,’ उनले भने ।

विभिन्न कारणले विश्वका अन्य मुलुकमा ब्याजदरमा उच्च वृद्धि भएको उनले बताए । १८ लाख ऋणीको मुख हेरेर ब्याज घटाउने सम्भावना न्यून रहेको उनको भनाइ छ ।

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच...

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:०८

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा...

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष  ढकाल

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी...

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:५७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको...

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो : राष्ट्रपति पौडेल

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो :...

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च...