Nabil Bank
Everest Bank Limited
prabhubank

अर्थ मन्त्री डा. महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतसंग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भयो । भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता थियो ।

एमसिसि सम्झौता कार्यान्वयनमा जाने मिति ९अगष्ट २०२३० नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ बर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन एमसिसिका पदाधिकारीको भ्रमण भएको हो । भेटघाटका क्रममा डेपुटी भाइस प्रेसिडेण्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रकृया जस्ता पूर्वतयारीका काममा भएको प्रगति प्रति सन्तोष व्यक्त गर्नुभयो । त्यसैगरी, सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भै सक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षवीच विस्तृत छलफल भयो ।

सो अवसरमा, अर्थमन्त्री डा। महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भै नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नुका साथै आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको प्रकृया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिवद्धता जनाउनु भयो । मन्त्री डा। महतले एमसिसि आयोजनाको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसिसिका पदाधिकारीलाई नेपाल भ्रमण गरी छलफल गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

वि.सं.२०८१ असार ५ बुधवार १०:२१

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका...

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल आजदेखि

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल...

वि.सं.२०८१ असार ५ बुधवार ०९:४५

  काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल...

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख सचेतक बर्तौला

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३७

  काठमाडौं . सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल...

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

वि.सं.२०८१ असार ४ मंगलवार १०:०५

  काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको...

वि.सं.२०८१ असार ३ सोमवार २१:३५

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ...