Nabil Bank
Everest Bank Limited
prabhubank

एनआईसी एशिया बैंकले भिडियो केवाइसीमार्फत थप पाँच  वटा सेवा संचालनमा

मिडिया स्पेस सोलुसन्स प्रालि

 

 

काठमाडौं । एनआईसी एशिया बैंकले भिडियो केवाइसीमार्फत थप ५ वटा सेवा संचालनमा ल्याएको छ ।

बैंकले भिडियो केवाइसीमार्फत केवाइसी अपडेटका साथै खाता सुचारु, खाताको स्कीम परिवर्तन, स्ताक्षर अद्यावधिक र मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्ने सकिने सेवा संचालनमा ल्याएको हो ।

बैंकले घर वा अफिसबाटै लिन सकिने यी पाँच नयाँ सेवाहरू एनआईसी डटकम मा रहेको ‘एप्लाई नाउ’ ट्याप गरी भिडियो केवाईसीबाट सेवाहरू मध्ये ग्राहकले इच्छाएको सेवा छनौट गर्न सक्नेछन् ।

साथै, ग्राहकले दिएको अनुकुल समयमा बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ ।

बैंकको अनुसार सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनुपर्नेछ ।

बैंकले नयाँ सेवाको सुरुवातसँगै ग्राहकको विद्यमान खातामा नयाँ विवरण राख्नका लागि केवाईसी विवरण अद्यावधिक गर्न, निष्कृय खातालाई सुचारु गर्न, चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न सकिने जनाएको छ ।

बैंकले हाल ३७ लाखभन्दा बढी ग्राहकहरू माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । स्वदेश तथा विदेशमा रहेका लाखौं ग्राहकले भिडियो कलबाट सेवा लिन सक्नेछन् ।

सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग

सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग

वि.सं.२०८१ असार ५ बुधवार १०:०३

काठमाडौं । सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग गरेको छ...

काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

वि.सं.२०८१ असार ५ बुधवार १०:०२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित...

सिटिजन्स बैंकका ग्राहकलाई शुभ स्वस्तिक हस्पिटलमा  छुट

सिटिजन्स बैंकका ग्राहकलाई शुभ स्वस्तिक हस्पिटलमा  छुट

वि.सं.२०८१ असार ५ बुधवार १०:०१

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महोत्तरीको बर्दिबास...

मुगुको गमगडीमा प्रभु बैंकको ३०६ औं शाखा सञ्चालनमा

मुगुको गमगडीमा प्रभु बैंकको ३०६ औं शाखा...

वि.सं.२०८१ असार ५ बुधवार ०९:५८

  काठमाडौं । मुगुको गमगडीमा प्रभु बैंकको ३०६ औं शाखा...

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच सम्झौता

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच सम्झौता

वि.सं.२०८१ असार ५ बुधवार ०९:५७

  काठमाडौँ। हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई व्याग वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई व्याग वितरण

वि.सं.२०८१ असार ५ बुधवार ०९:५५

  काठमाडौँ । काठमाडौँ स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा त्रियुगा...