Nabil Bank
Everest Bank Limited
prabhubank

शरणार्थी प्रकरणमा महानिरीक्षकलाई जोड्नु निन्दनीय

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । नेपाल प्रहरीले सञ्चारमाध्यममा प्रहरीको नेच अफ कमाण्डमाथि आँच आउने गरी समाचार आएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले विज्ञप्तिमा जारी गर्दै, शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई जोड्नु गलत भएको बताएका हुन् ।

विज्ञप्तिमा प्रहरी प्रधान कार्यालयले कुनै व्यक्तिले गरेको संवादकै आधारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई विवादमा तान्नु निन्दनीय भएको दाबी गरिएको छ । ‘कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ ।’ विज्ञप्तिमा भनिएको छ ।

विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा ‘कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ । ’

आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजेर विवादमा तानेको निन्दनीय भएको र कुनै आधार, तथ्य र प्रमाणबिना नै समाचार बनाएर जनमानसमा भ्रम सिर्जना गरेको उनको भनाई छ ।

अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन : गभर्नर

अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन :...

वि.सं.२०८१ असार ११ मंगलवार ०७:५१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले व्यवसायहरू...

सरकारले दक्ष र व्यवसायिक व्यक्तिलाई छिट्टै धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्छ : अर्थमन्त्री

सरकारले दक्ष र व्यवसायिक व्यक्तिलाई छिट्टै धितोपत्र...

वि.सं.२०८१ असार ११ मंगलवार ०७:४६

    काठमाडौँ, १० असार– अर्थमन्त्री वर्षमान पुन अनन्तले दक्ष...

एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स (EIMUN) २०२४ काठमाडौंमा

एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स (EIMUN) २०२४...

वि.सं.२०८१ असार १० सोमवार २०:३३

  २०८१ असार १०, काठमाडौं- एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स...

आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ : अर्थसचिव मरासिनी

आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ :...

वि.सं.२०८१ असार १० सोमवार ०७:५८

    काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर ७...

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

वि.सं.२०८१ असार ९ आइतवार १५:४७

    काठमाडौं । सरकार तथा बैंक तथा वित्तीय संस्थाका...

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैन : पूर्व बैंकर क्षेत्री

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु...

वि.सं.२०८१ असार ९ आइतवार १५:३५

    काठमाडौं । पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक...