Nabil Bank
Everest Bank Limited
prabhubank

महासंघका अध्यक्ष ढकाल र संयुक्त राष्ट्र संघ आवासीय संयोजक हाना सिंगर बीच भेटवार्ता, दिगो विकास लक्ष्य कार्यान्वयन र स्तरोन्नतिमा सहकार्य प्रस्ताव

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले अघि सारेका आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकताहरुमा सहकार्यका लागि विकास साझेदारसँग आग्रह गर्नु भएको छ ।

आज महासंघमा नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगरबीच भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारहरु बिच सहकार्य बढाउन आग्रह गर्नु भएको हो ।

भेटवार्तामा दुई संस्थाबीच दिगो विकासका लक्ष्य कार्यान्वयन र अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्तीबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँगको सहकार्य लगायतका विषयमा सहकार्य गर्ने बारे पनि छलफल भयो ।

संयुक्त राष्ट्र संघका आवासीय संयोजकलाई महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै अध्यक्ष ढकालले मुलुकभर बलियो संजाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पुरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताउनुभयो ।
सो अवसरमा आवासीय संयोजक हाना सिंगरले महासंघका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्वका साथ लिएको बताउनु भयो ।
आवासीय संयोजक हानाले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको बताउनुभयो । लक्ष्य हासिल गर्न स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उहाँको धारणा थियो ।

स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट संघले सहकार्य गर्न सक्ने उहाले बताउनुभयो ।
औपचारिक भेटवार्तामा संयुक्त राष्ट संघ नेपाल कार्यालय र महासंघ सचिवालयका अधिकारीहरुको उपस्थिति थियो ।

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

वि.सं.२०८१ असार ५ बुधवार १०:२१

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका...

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल आजदेखि

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल...

वि.सं.२०८१ असार ५ बुधवार ०९:४५

  काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल...

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख सचेतक बर्तौला

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३७

  काठमाडौं . सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल...

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

वि.सं.२०८१ असार ४ मंगलवार १०:०५

  काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको...

वि.सं.२०८१ असार ३ सोमवार २१:३५

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ...