सदन अवरुद्ध गरेर सत्तापक्ष र प्रतिपक्ष दुबैले आफ्नो स्वार्थ पुरा गरिहेको सांसद पराजुलीको आरोप

वि.सं.२०८० भदौ ३ आइतवार २२:५१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले, सदनलाई बन्दी बनाएर प्रमुख प्रतिपक्षले जनताको मुद्धालाई ओझेलमा पारेको आरोप लगाएका छन्।
आईतबार प्रतिनिधिसभा स्थगित भएपछि पत्रकारहरुसंग कुराकानी गर्दै उनले सरकारले सदन अवरुद्धको मौका पारेर आफुलाई फाईदा पुग्ने काम गरिरहेको दाबी गरे ।
‘राजनीतिक खिचातानी र राजनीतिक भागभण्डाको कारणले गर्दा र प्रमुख प्रतिपक्ष ठुला भनिएका दलहहरुले पनि जनताको मुद्धाहरुलाई ओजेलमा पार्ने र आफ्नै राजनीतिक मुद्धामात्र अगाडी सार्ने र यसैको मौका छोपेर सरकारले पनि भटाभट आफ्नो काम अगाडी बढाउने कार्य भईरहेको छ । ’
सार्वभौम जनतालाई भ्रममा राख्नु र सदनलाई बन्दी कनाएर राख्नु धेरै दुखद पाटो भएको उनको भनाई छ ।