nic bank
himalayan everesat
Nmb bank

मध्यपूर्वलाई निर्विरोध अध्यक्ष छाड्न एनआरएनएका संस्थापक उपाध्यक्ष डा डंगोलको आह्वान

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

दोहा–गैरआवासीय नेपाली संघ(एनआरएनए)का संस्थापक उपाध्यक्ष डा.देवकाजी डंगोलले गैरआवासीय अभियानको आगामी नेतृत्व मध्यपूर्वले लिनुपर्ने बताएका छन् ।

कतारको दोहामा कुरा गर्दै संस्थापक उपाध्यक्ष डा. डंगोलले अभियानमा मध्यपूर्वको भूमिका बढी भए पनि नेतृत्वमा भने पुग्न नसकेको भन्दै यो पटक सबै अभियन्ताले मध्यपूर्वलाई निर्विरोध नेतृत्व छाड्नुपर्ने बताए ।

गैरआवासीय नेपाली संघ खुल्नुभन्दा अगाडि कतारमा डा। डंगोलको नेतृत्वमा नेपाली सहयोग समाज खुलेको थियो । जुन संस्थाले कतारमा रहेका नेपालीहरूलाई सहयोग गर्ने काम गर्ने गरेको थियो ।

सन् २००० देखि नै रुसमा व्यवसाय गर्ने डा उपेन्द्र महतोले गैरआवासीय नेपाली संघ स्थापना गर्ने तयारी अन्तर्गत सन् २००२ डा। डंगोललाई फोन गरेर एनआरएनए अभियानमा लाग्न अनुरोध गरेका थिए ।

सन २००१ मा डा उपेन्द्र महतोले डा डंगोललाई फोन गरेर भारतीयहरूको एनआरआई जस्तो एनआरएन खोल्ने प्रस्ताव गरेपछि डा. डंगोल अभियानमा सक्रिय रूपमा लागेका थिए । संस्था खोल्ने बेला डा। डंगोलले खाडी सहित युरोप र अमेरिकामा रहेका नेपालीलाई जोड्ने काम गरेका थिए ।

उपेन्द्रले अस्ट्रेलिया सहित पूर्वी एसियाको जिम्मा लिएका थिए ।

सन् २००३ मा खुलेको गैरआवासीय नेपाली संघ(एनआरएनए)मा संस्थापक अध्यक्ष उपेन्द्र महतो भए भने उपाध्यक्ष डा डंगोल । एनआरएनएको एक कार्यकाल उपाध्यक्ष भएपछि उनी त्यसपछि कार्यसमितिमा भने आएनन् । संरक्षकको रूपमा र अभियन्ताको रूपमा त्यो बेलादेखि अहिले पनि उतिकै सक्रिय छन ।

एनआरएनको राष्ट्रिय समन्वय परिषद सबैभन्दा पहिला रसियामा खुलेको थियो । त्यसपछि दोस्रोमा कतारमा खुल्यो । यसले गैरआवासीय अभियानमा मध्यपूर्वको भूमिका कति महत्त्वपूर्ण थियो भनेर देखाउँछ । एनआरएनए स्थापनाको दुई दशक पुग्यो । पहिलो विश्व सम्मेलन गर्ने देश नै मध्यपूर्वको देश कतार हो । जुन सन २००५ मा भएको थियो ।

अभियानमा मध्यपूर्वले अभियानमा महत्त्वपूर्ण योगदान दिएको छ । तर,अभियान नेतृत्व भने मध्यपूर्वले अहिलेसम्म नपाएको र अब मध्यपूर्वले नै नेतृत्व पाउनुपर्ने डा डंगोलको मनमा छ । सन २००३ देखि शुरु भएको गैरआवासीय अभियानको तीन कार्यकाल नेतृत्व डा उपेन्द्र महतो९रसिया०बाट गरेका थिए ।

त्यसपछि देवमान हिराचन(जापान)बाट नेतृत्व गरे । हिराचनपछि नेतृत्वमा आएका जिबा लामिछाने त्यो बेला रसियामा थिए भने अहिले उनी जर्मनीमा व्यवसाय गर्छन ।
लामिछाने पछि लगातार दुई कार्यकाल अस्ट्रेलियाका शेष घलेले गरे । घलेपछि जापानमा व्यवसाय गर्ने भवन भट्टले एनआरएनएको नेतृत्व लिए । भट्टपछिको नेतृत्व जर्मनीमा व्यवसाय गर्ने कुमार पन्तले लिए ।

पन्तपछिको भने एक कार्यकालको लागि विभाजन रोक्न एनआरएए सामूहिक नेतृत्वमा गयो । बेलायतका कुल आचार्य,रसियाका डा बर्दी केसी र अमेरिकाका रविनाले थापा अध्यक्ष बने ।

“स्थापनाको दुई दशक भए पनि नेतृत्व मध्यपूर्वले पाउन सकेको छैन,” डङ्गोलले भने,“सधैँ मध्यपूर्वले नेतृत्व पाउनुपर्छ भने पनि जहिले पछाडि परियो, अब मध्यपूर्वलाई सबै अभियन्ताले नेतृत्व छाड्नुपर्छ।” मेरो इच्छा अभियानको नेतृत्व एक पटक मध्यपूर्वले गरेको हेर्ने धोको रहेको बताउँछन् ।

गैरआवासीय अभियानमा संस्थापक उपाध्यक्ष रहेका डा। डंगोल कतारमा नेपाली समुदायबाट व्यवसायमा संलग्न हुने नेपाली हुन् । उनले कतारमा श्रमिकको रूपमा आएका धेरै नेपालीलाई उद्यमी बन्न सहयोग गरे । डा डंगोलले कतारमा व्यवसाय गरेको ३० वर्ष पुरा भएको छ ।

३० वर्ष अगाडि कतारमा डा डंगोल आउने बेला नेपालीको संख्या निकै कम थियो । व्यवसाय गर्ने नेपाली थिएनन । अहिले कतारमा व्यवसाय गर्ने व्यवसायीको संख्या ५०० भन्दा बढी छ भने कतारमा रोजगारीको लागि आउने नेपालीको संख्या ४ लाखभन्दा बढी छ ।

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१९

  काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिरकलाई नागरिक...

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको प्रेस संयोजकमा विशाल गैरे

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:०९

  संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

वि.सं.२०८१ वैशाख १६ आइतवार १९:२७

    काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो...

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:४४

  काठमाडौं, १६ वैशाख- अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा...

तेस्रो लगानी सम्मेलन : एक सय ५१ परियोजना प्रस्तुत हुने

तेस्रो लगानी सम्मेलन : एक सय ५१...

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४४

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन एक सय ५१...

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३७

काठमाडौं । स्वदेशी तथा विदेशी लगानी भित्राउन सरकारले गरेको तेश्रो...