kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

माण्डु हाइड्रोपावरले आजदेखि आईपीओ खुल्यो

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

 

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले आज बैंकिङ समयपश्चात् आवेदन दिन सक्ने छन् ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री गरी बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको हो ।

मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजना निर्माण गरेको कम्पनीले उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन सुरू गरेकोे छ ।

आयोजना प्रभावित स्थानीयमा बिक्री हुन नसकेको ७९ हजार ३० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ बिक्री गर्न लागेको छ ।

कम्पनीले २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिक लगानीकोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागेको छ ।

यो आईपीओ बिक्री अवधि भदौ १३ गतेसम्मका लागि तोकिएको छ । तोकिएको अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भदौ २४ गतेसम्म बिक्री लम्बिने जानकारी दिइएको छ ।


आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

वि.सं.२०८० असोज ५ शुक्रवार २२:५३

  काठमाडौं । मिति २०८०र०५र१७ देखि २०८०र०५र२९ सम्म सञ्चालित आइसर...

कोका–कोला नेपालले ल्यायो “चिल एन विन २.०” क्याम्पेन

कोका–कोला नेपालले ल्यायो “चिल एन विन २.०”...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:५०

  काठमाडौं । कोका कोला नेपालले “चिल एन विन” को...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:४७

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको...

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:२८

  काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड...

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी र पन्चको विक्री आरम्भ

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी...

वि.सं.२०८० असोज ५ शुक्रवार २१:३०

  काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा...

वि.सं.२०८० असोज ५ शुक्रवार १९:०१

  काठमाडौं । चर्चित चिनियाँ ब्राण्ड होम्तोले नेपालमा पनि औपचारिक...