kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु जरुरी छ : गभर्नर अधिकारी

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको सम्पूर्ण कारोबार डिजिटल रुपमा हुनुपर्ने बताएका छन् ।

वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम उद्घाटन समारोहमा उनले आफूले साईन गरेको नोट फ्रेममा रहोस र कारोबार भने डिजिटल होस भन्ने चहाना रहेको र धेरै हदसम्म पूरा पनि भएको बताए ।

उनले डिजिटल कारोबारबाट पारदर्शिता बढ्ने, सुशासन आउँने र कारोबारहरु रेकर्ड राख्नेलगायत धेरै काम सहज रुपमा हुने पनि बताए ।

उनले भने, ‘म नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नर मध्ये एक हुँ तर मेरो चहाना त्यो साईन गरेको नोट फ्रेममा रहोस र हाम्रो कारोबार भने डिजिटल होस भन्ने हो र त्यो धेरै हदसम्म पूरा पनि हुन थालेको छ ।

यसले हामीलाई पारदर्शिता बढाउँछ, सुशासन ल्याउन सघाउँछ, कारोबारहरु रेकर्ड हुन्छ, सरकारको कर पनि नियमित रुपमा आउँछ आएन भने पनि ट्रेस गर्न सकिन्छ । धेरै फाइदाहरु हुन्छन् ।

उनले अघिल्लो वर्षबाट डिजिटल आर्थिक साक्षरताको अभियान पनि सुरु भएको भन्दै त्यसको फलस्वरुप प्राय नेपालीहरु अहिले मोबाइल बैंकिङ् प्रयोग गर्न सक्ने भएको जिकिर गरे ।

एक पटक लिएको बैंकिङ कारोबारको दररेट सात वर्षसम्म परिर्वतन नहुने व्यवस्था पनि रहेको तर त्यसलाई मानिसहरुले उपयोग गर्न नसकेको उनको भनाई छ ।

‘हामीसँग धेरै प्रकारका उत्पादनहरु छन्, फिक्स रेट एकपटक लिएरको रेट सात वर्षसम्म परिवर्तन नहुने उत्पादनहरु पनि छन् । जसको फिक्स आम्दानी छ, त्यसको लागि फिक्स रेट हुन्छ । हामीले विगत तीन वर्षदेखि लागू भएको विषय हो ।

जस्तै फिक्स आम्दानी हुनेहरुको भोली व्याजदर बढ्दा तिर्न सक्दैँन् भन्ने अनुमानको आधारमा त्यसको जिम्मेवारी बैंक आफैले लिने गरि बनेको वस्तुहरु पनि छन् तर धेरै कम मान्छेहरुले मात्रै यो प्रयोग गर्नुभएको छ ।’ उनले भने ‘यो सायद सञ्चार र साक्षरताको कमीले पनि यस्तो हुनसक्छ ।

एउटा सानो कर्जाको व्याजदरको सन्दर्भमा समेत पनि साक्षरताका क्षेत्र प्रशस्त छन् भने समग्र वित्तीय क्षेत्रमा वित्तीय साक्षरताको अनिवार्य आवश्यकता हामीले देखेका छौ ।’


कार्यवाहक प्रधानमन्त्री खड्काद्धारा क्यानका नव निर्वाचित पदाधिकारीहरूलाई बधाई

कार्यवाहक प्रधानमन्त्री खड्काद्धारा क्यानका नव निर्वाचित पदाधिकारीहरूलाई...

वि.सं.२०८० असोज ७ आइतवार ००:१२

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले...

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता गर्दैन : मन्त्री महतो

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता...

वि.सं.२०८० असोज ६ शनिवार २०:३३

काठमाडौं । वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतोले सरकारले...

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट ऐतिहासिक : प्रधानमन्त्री दाहालको सचिवालय

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट...

वि.सं.२०८० असोज ६ शनिवार २०:३०

  काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका...

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया : घरेलु क्रिकेटको संरचना निर्माणमा ध्यान दिन्छु

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४८

  काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित सचिव पारस...

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन : ४५ देशका १२ हजार खेलाडि सहभागी

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४५

काठमाडौं । १९ औँ एसियाली खेलकुद प्रतियोगिता औपचारिक रूपमा सुरु...