चल्तापूर्जालाई राष्ट्रिय खाद्य बैंकको लोभलाग्दो कामले यसरी तान्दैछ सर्लक्कै

वि.सं.२०८० भदौ १६ शनिवार १६:१९

किसानको आलीदेखि उपभोक्ताको थालीसम्म पुग्ने अभियानलाई मूर्तरूप दिन तीन बर्ष अघि स्थापित राष्ट्रिय खाद्य बैंकमा आकर्षण बढ्दो छ।
यहि मेसोमा शुक्रबार कोशी प्रदेशकी बहुचर्चित उपसभामुख सृजना दनुवार सोही बैंकमा झुल्किईन। कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको लफडा अदालत सम्म पुगेको छ । र, त्यसको कारक उनै उपसभामुख दनुवारलाई ठानिएको छ। हो तिनै दनुवार बैंकको मुख्यालय पुगेर बैंकले गर्दै आएको कामको मुक्तकण्ठले चर्चा गरेकी छन् ।
कोशीका मुख्यमन्त्री उद्द्व थापाले विश्वासको मत लिने दिन बिरामी भएर काठमाडौ आएको भनिएकी दनुवार अस्पताल भर्ना भएकी थिईन् । यो बीचमा कतै नदेखिएकी उनी एकै चोटि खाद्य बैंकमा देखा परेकी हुन् ।
शुद्ध, स्वस्थकर नेपाली लाेकल रैथाने चामल, दाल, मकै, कोदो, पिठो, गेडागुडी, तेल, घिउ, नौनी लगायतको पोषणयुक्त खाद्य सामग्री बिक्री गर्दै आएको बैंकले आफै उत्पादन र बजारीकरण गर्दै आएको छ। पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका रैथाने खाद्य सामग्री वितरण गर्दै आएको बैंकमा सदस्य बन्नेको पछिल्ला दिनमा लर्को नै लागेको छ।