भूपू गोर्खाको समस्यालाई वेवस्ता गरिएको समापति राईको गुनासो

वि.सं.२०८० भदौ १९ मंगलवार २०:५५

काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघका सभापति कृष्ण कुमार राईले, विश्वमा शान्ति र प्रजातन्त्र स्थापनामा महत्वपूर्ण काम गर्ने गोर्खा समुदायको अधिकारलाई वेवास्ता गरिएको भन्दै आक्रोश पोखेका छन् ।
गोरखा समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रममा उनले बेलायती लेखक र सरकार प्रमुखहरूसमेतले गोरखा सैनिकहरुको बलिदान र योगदानको प्रशंसा गरेको तर उनीहरुका समस्या समाधानमा ठोस पहल नभएको गुनासो गरे ।
उनले भने, ‘बेलायती लेखक र सरकार प्रमुखहरूसमेत भन्छन कि गोरखा सैनिकहरुको बलिदान र योगदानको बलमा बेलायतले संसारभरि साम्राज्य र आफ्नो शक्ति विस्तार गर्न सफल भएको हो । यसरी विश्वभरि गोरखाहरुले युद्ध नलडेको भए आज विश्वमा शान्ति, प्रजातन्त्र र मानवअधिकार स्थापित हुने थिएन ।’
यस्तै, उनले नेपालको सडक, सदन र न्यायलय सम्म पुग्दा हाम्रो मुद्राहरूको सुनुवाइ नभएको भन्दै बाध्यतावश गेसोललाल्टिन जुलुशः सित्तल निवासदेखि बेलायती राजदुतावास लैनचौरसम्म मानवसाङ्ले जुलुस गर्दै बेलायती राजदूतावासको मूलढोकामा तीन तीन दिनसम्म रिले अनशन गर्नु परेको स्मरण गरे ।
उनले गोरखाहरूको गुमेका अधिकार प्राप्त गर्न क्रमश देशभर जानकारी सभाहरू गर्ने र एकपछि अर्को आन्दोलनको स्वरूपहरू परिवर्तन गर्दै गेसो अघि बढिरहेको उनको भनाई छ ।
उनले भने, ‘यसैगरी गेसोले विभिन्न समयमा तत्कालीन श्री ५ को सरकारलाई ध्यानाकर्षण गराउदासमेत सरकारले चासो नदिएपछि नेपालको सडक, सदन र न्यायलय सम्म पुग्दा हाम्रो मुद्राहरूको कुनै सुनुवाइ नभएपछि बाध्यतावश गेसोले न्यायको खोजी गर्दै दिनमै लाल्टिन जुलुशः सित्तल निवासदेखि बेलायती राजदुतावास लैनचौरसम्म मानवसाङ्ले जुलुस गर्दै बेलायती राजदूतावासको मूलढोकामा तीन तीन दिनसम्म रिले अनशन गरेका थियौ ।’
विश्वको ध्यानाकर्षण गराउन १० देशका मानवअधिकारवादी पत्रकार बुद्धिजीवी नेता र न्यायकामी जनप्रतिनिधिहरूको उपस्थितिमा नेपालमा दुई दुई पटक अन्तर्राष्ट्रिय सम्मेलन गर्दा पनि मुद्दा सुनुवाई नभएको पनि उनको भनाई छ ।