nic bank
himalayan everesat
Nmb bank

फोनपेको नयाँ “सुपरयात्रा” अभियान, म्याकबुक एयर जित्ने मौका

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक, फोनपे ले “फोनपे सुपरयात्रा” नामक नयाँ अभियान संचालन गरेको छ | उक्त अभियानको उद्देश्य, मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरु बीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको छ ।

“सुपरयात्रा” अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागू हुनेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन्।अतिरिक्त लाभको रूपमा, नयाँ ग्राहकहरूले प्रोमो कोड SUPERYATRA200 प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा रु २०० क्यास ब्याक को मजा लिन सक्ने छन्। यस अभियानमा सहभागि हुन ग्राहकहरुले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एप मार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्नेछ।

यस अभियानले मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकटहरू खरिद गर्ने सहजतालाई मनाउनुको साथ साथै यस चाडपर्वको घडिमा अधिकांश ग्राहकहरुको यात्रामा थप उर्जा थप्ने लक्ष्य पनि राखेको छ।

सो अभियानको उदेश्यका बारेमा बोल्दै फोनपेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्मा ज्यू का अनुसार, “हाम्रो अभियानको प्रमुख उद्देश्य, यात्रुहरूले एयरलाइन टिकट खरिद गर्दा मोबाइल बैंकिङ एप रोज्नको लागि थप आकर्षणको सिर्जना गराउनु हो । हाम्रो लक्ष्य धेरै भन्दा धेरै ग्राहकहरुलाई विधुतीय भुक्तानी प्रणालीमा प्रवेश गराउनुमा केन्द्रित रहेको छ र सुपरयात्रा जस्ता अभियान सोहि लक्ष्यलाई अगाडी बढाउने एउटा कदम हो”।

फोनपे बिल्स बारे :

फोनपे बिल्स, फोनपे को सेवाहरूमध्ये एक हो जहाँ ग्राहकहरूले एयरलाइन्स टिकेटको साथ साथै आफ्नो बिजुली, पानी, टिभी, इन्टरनेट, सरकारी राजस्व, शिक्षा जस्ता सेवाहरुको प्रत्यक्ष रूपमा भुक्तानी गर्न सक्नु हुन्छ ।
थप जानकारीको लागि: https://fonepay.com/blogs/Fonepay-Superyatra

 

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न 

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न 

वि.सं.२०८१ वैशाख १० सोमवार २२:२७

नेक्सजेन म्यानेजमेन्टले हिजो काठमाण्डौंमा योंग इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको...

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

वि.सं.२०८१ वैशाख १० सोमवार १०:२१

                 साझेदार सिजी...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ९ आइतवार ०८:१४

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...