BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

शिक्षा विधेयेकका सन्दर्भमा शिक्षक महासंघ द्धारा एमाले सचेतक संग भेट

 

काठमाण्डौं । विद्यालय शिक्षा विधेयेकका सन्दर्भमा नेपाल शिक्षक महासंघको नेतृत्वमा विभिन्न शिक्षक संघ तथा संगठनहरुले एमाले सचेतक महेश वर्तौला संग भेट गरेको छ । आज बिहिवार सचेतक वर्तौला संग भेट गरेर महासंघको अध्यक्ष कमला तुलाधरले नेकपा (एमाले)ले शिक्षा विधेयेकमा भएका गलत प्रावधानहरु हटाउन संसदमा भुमिका खेलिदिन आग्रह गर्नु भएको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष तुलाधर सहित नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णु भण्डारी, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी लगायतको टोली नेकपा (एमाले)को संसदीय दलमै पुगेर भेट तथा अनुरोध गरेको हो । शिक्षक महांघका प्रतिनिधिहरु संग एमाले सचेतक वर्तौलाले शिक्षक र सरकारका विचमा भएका मुख्य सम्झौताहरु कार्यान्वयनमा सरकार पक्षकै मुख्य भुमिका रहने, सरकारले भएका सम्झौताहरु विधेयेक फिर्ता गररै विधेयेकमा समावेश गरि पुनः दर्ता गर्नुपर्ने वताए । सचेतक वर्तौलाले यद्यपी एमालेले शिक्षकका महत्वपुर्ण मुद्धाहरु आफ्ना मुद्धाका रुपमा संसदमा उठाउने, संसाधन प्रस्ताव हाल्ने तथा सरकारलाई दवाव सृजना गरेरै कार्यान्वयनमा लैजान पहल गर्ने वताउनु भयो ।
भदौ २७ मा संघीय सांसद्‌मा दर्ता भएको विद्यालय शिक्षा विधेयकका प्रावधानलाई लिएर असन्तुष्ट शिक्षकहरूले असोज ३ गतेबाट राजधानी केन्द्रित आन्दोलन गरिरहेका थिए। आन्दोलनरत शिक्षक र सरकारका विचमा दुई चरणमा विभिन्न वुंदाहरुमा छलफल तथा सम्झौता भई शिक्षकहरुले आन्दोलन समेत फिर्ता लिई सकेको छ । सरकारले संसद्‌मा दर्ता भएको विधेयकमा शिक्षकका मागहरु समेट्ने प्रतिबद्धता जाहेर समेत गरेको छ।

कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी’

कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न...

वि.सं.२०८१ भदौ ३१ सोमवार १५:२१

कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी’ काठमाडौं ।...

विश्व बैंकले काठमाडौं उपत्यकामासँग सहकार्य गरे राम्रो सन्देश जान्छ : मन्त्री सिंह

विश्व बैंकले काठमाडौं उपत्यकामासँग सहकार्य गरे राम्रो...

वि.सं.२०८१ भदौ ३१ सोमवार १५:१७

  काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र...

मन्त्री भण्डारीद्वारा मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता

मन्त्री भण्डारीद्वारा मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:१६

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयका...

बुढानीलकण्ठमामा खुल्यो पाँचतारे होटल, प्रधानमन्त्रीले गरे उद्घाटन

बुढानीलकण्ठमामा खुल्यो पाँचतारे होटल, प्रधानमन्त्रीले गरे उद्घाटन

वि.सं.२०८१ भदौ ३१ सोमवार १०:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे...

प्रधानमन्त्री हुँदा प्रचण्डले नगरेको काम पूर्वमन्त्री पाण्डेले यसरी गराए

प्रधानमन्त्री हुँदा प्रचण्डले नगरेको काम पूर्वमन्त्री पाण्डेले...

वि.सं.२०८१ भदौ ३१ सोमवार ०९:५१

प्रचण्ड सरकारमा राप्रपा सहभागी हुँदाका राप्रपाका मन्त्री र तत्कालिन प्रधानमन्त्री...

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक...

वि.सं.२०८१ भदौ ३१ सोमवार ०९:०९

काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न आज संवैधानिक परिषद्को...