Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सहकारीमा लेखा समितिको भूमिका ओझेलमा : सापकोटा

Machhapuchchhre Bank Limited

 

  ‘सम्पत्तिको सुरक्षण र सदस्यको बचतको संरक्षण गर्ने काम लेखा समितिको हो’

काठमाडौं, २५ असोज । राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षणका समितिका सदस्य केशव प्रसाद सापकोटाले नेपालको सहकारीमा लेखा समितिको अभ्यासः व्यवस्था र अवस्थाका विषयमा प्रस्तुती गरेका छन् । सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको गोष्ठीमा पहिलो सत्रमा प्रस्तुति गर्दै उनले सहकारीमा आन्तरिक नियन्त्रण प्रभावकारी बनाउन समितिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

आन्तिरिक लेखा नियन्त्रण प्रणाली कमजोर भएका सहकारी संस्थामा अहिले वित्तीय संकट आएको भन्दै उनले समितिको भुमिका प्रभाकारी भएका संस्थाहरु राम्रोसँग सञ्चालन भएको जनाए ।

राज्यले सहकारीको अनुगमनन गर्दा लेखा समितिले काम गरेको छ वा छैन, उसले दिएका सुझावहरु कार्यान्वयन गरेको छ छैन भन्ने जस्ता विषय समेत नहेर्दापनि सस्थाहरुमा समस्या बढेको उनले बताए । सञ्चालका समितिलाई सकृय बनाउन र उनीहरुले गरेका गतिविधिका विषयमा सुस्म ढंगले अध्ययन गरी संस्थालाई सुव्यवस्थित गराउनलाई समिति सकृय रुपमा लाग्न उनले सुझाव दिए । सञ्चालक समिति र व्यवस्थापनलाई जवाफदेही बनाउने काम लेखा समितिको भएको उनको बुझाई छ ।

सहकारीमा वित्तीय जोखिम जहिले पनि आउन सक्ने हुँदा त्यसको समाधानको लागि समिति चनाखो हुनुपर्नेमा उनले जोड दिए । ‘सहकारी संस्थामा लेखा समितिको भुमिका ओझेलमा परेको छ । संस्थामा समितिको भुमिका के भन्ने? बुझाई प्रष्ट भएन’, उनले थपे, ‘सहकारी ऐन २०७४ र नियमावलीले समितिको भुमिकाको विषयमा प्रष्ट रुपमा उल्लेख गरेको छ । समितिले आफ्नो भुमिकालाई बुझेर काम गर्नपर्ने हुन्छ ।’

कार्यक्रमको अध्यक्षता धर्मराज देवकोटा तथा टिप्पणीकर्ता नवराज सापकोटाले गरेका थिए । सस्थाको सम्पत्तिको सुरक्षण र सदस्यको बचतको संरक्षण गर्ने काम लेखा समितिको भएको टिप्पणीकर्ता सापकोटाले आंैल्याए । कसैको दवाव र प्रभावमा नपरी समितिले काम गर्नपर्ने र ऐनले व्यवस्था गरेको अधिकारलाई प्रयोग गर्न उनले आग्रह गरे ।

कार्यक्रममा विभिन्न सहकारी संस्थाका सहभागिहरुले लेखा समितिको तालिमहरु प्रयाप्त नभएको र समितिले उठाएका विषयहरुलाई सञ्चालकहरुले लागु नगरेको समेत गुनासो गरे ।

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन...

वि.सं.२०८२ वैशाख १० बुधवार २३:४३

  काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल...

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय बने बरिष्ठ नायव सीईओ

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:०९

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा सीमा ८० बाट ६० प्रतिशतमा घटाएपछि व्यवसायी चिन्तित

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:३०

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग प्रारम्भ ट्रली बसमार्फत...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको...

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२३

  काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल...