NTC
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
Nabil Bank

सामाजिक सञ्जालका सूचना सुरक्षाका लागि चुनौति, चाडबाडमा ५० हजार ५ सय भन्दाबढी सुरक्षाकर्मी फिल्डमा : केन्द्रीय प्रहरी प्रवक्ता कडायत

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरिक्षक कुवेर कडायतले, दसैंमा सामाजिक सञ्जालमार्फत दिईने व्यक्तिगत जानकारीले सुरक्षा चुनौति बढेको बताएका छन् ।

नेपाल न्यूज बैंकसंगको कुराकानीमा उनले, आमनागरिकले प्रयोग गर्ने डिजिटल प्रविधि र त्यसमार्फत जानअन्जानमा हुने निजी सूचनाको सार्वजनिकरणले प्रहरीलाई सुरक्षा चुनौति बढेको बताएका हुन् ।

चाडपर्वको समयमा चोरी, डकैती लगायतका विभिन्न आपराधीक घटनाहरु हुने गरेको र पछिल्लो समय त्यस्ता घटनामा डिजिटल प्रविधिमार्फत जानअन्जानमा हुने सूचनाको सार्वजनिकरणको मुख्य भूमिका रहेको प्रवक्ता कडायतले बताए ।

उनले भने, ‘पछिल्लो समय जसरी हामीले डिजिटल प्लेटफर्मको प्रयोग गरिरहेका छौं त्यो हामीलाई बढी चुनौति हो । लापर्वाही पनि होला वा जानेर या अनजानमा हामी आफ्नो बारेमा सबै सूचना अरुलाई दिन्छौँ ।

जस्तो कि फेसबुकमा लाइभ गरेर म दुई हप्ताको लागि शहर छोड्दै छु भनेर जानकारी दिन्छौं । यो केही समय अगाडिको घटना नै पनि हो त्यसपछि घरमा चोरी भएको घटनाहरु छन्, यस्ता किसिमका चुनौतिहरु हुन्छ ।’

नेपालीहरुको ठूलापर्व दसैँ, तिहार, छठ लगायतका पर्व नजिकिँदै जादा प्रहरीले देशैभरको सुरक्षा व्यवस्था कडा गर्न लागेको कडायतले जानकारी दिए ।

देशैभर हुने विविध आपराधीक गतिविधिलाई मध्यनजर गरी त्यसलाई न्यूनिकरण गर्न तथा सुरक्षा प्रदान गर्नका लागि लक्षित गरी सुरक्षा योजना २०८० नै ल्याएर त्यसलाई कार्यान्वयन गरिरहेको उनले बताए ।

उक्त सुरक्षा योजना अन्र्तगत मुख्यगरी नागरिकको सुरक्षा गरी चाडपर्वको बेला हुने आवतजावतलाई सुरक्षीत बनाउने, बैंक तथा वित्तिय संस्थाको कारोवार सुरक्षीत पार्ने तथा कालोबजारी र बजारमा देखिने कृतिम अभावलाई न्यूनिकरण र नियन्त्रण गर्न सहयोग गर्ने लगायतका कार्यहरु गर्ने बताए ।

चाडबाडमा आम नागरिकको सुरक्षाका लागि ५० हजार ५ सय ३० जना सुरक्षाकर्मी फिल्डमा खट्ने उनले जानकारी दिए ।
‘हामीले विशेषगरी दसैँ,दिपावली, नेपालसंवत र छटसम्मको लागि भनेर ‘सुरक्षा योजना २०८०’ भनेर कार्यान्वयनमा ल्याईसकेका छौ ।

आम नागरिकको सुरक्षा गर्दै पर्वको समयमा हुने आवतजावतलाई सुरक्षित बनाउने,बैंक तथा वित्तिय संस्थाका कारोवारलाई सुरक्षित गराउने,चोरी तस्करी,दुर्घटना,कृतिम अभाव र कालोबजारी जस्ता कुराहरुलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने कुरालाई ख्याल राखेर सुरक्षा योजना बनाएका हौ । त्यसका लागि नेपाल प्रहरीले ५० हजार ५सय ३० जना प्रहरी कर्मचारीहरु फिल्डमा खटिएर योजना कार्यन्वयन गर्छन,’ कडायतले भने ।

उनले पर्वको समयमा उपत्यकाको सुरक्षा व्यवस्थापनमा प्रहरी विशेष रुपले सजग रहेको बताए ।
कडायतका अनुसार प्रहरीले दसैँमा हुने उपत्यकाको ट्राफिक जामलाई व्यवस्थित गर्न तथा बाहिर जाने बसहरुमा हुने दुर्घटना न्यूनिकरण कागि विविध जनचेतनामूलक कार्य सञ्चालन गर्दै आएको छ ।

 

कडायतले टाढा जाने सवारी चालकले ट्राफिक नियम पालना नगर्दा विगतमा ठूला दुद्र्धटना भएको भन्दै त्यसलाई न्यूनिकरण गर्न चालकले लापसे र मापसे सेवन गरे नगरेको, क्षमता भन्दा बढी यात्रु राखे नराखेको जस्ता कुरा निगरानी गर्न नागरिक जागरुकता आवश्यक भएकोले सो पक्षमा जनचेतनामूलक कार्यक्रम र नागरिक सहायता कक्ष सञ्चालन गरीरहेको छ ।

उपत्यकाका बसपार्क लगायतका भिडभाड बढी हुने क्षेत्रको सुरक्षाका लागि समेत प्रहरीले विशेष सुरक्षा योजना अन्र्तगत नै नविनतम प्रविधिको निगरानीमा सुरक्षा व्यवस्था चुस्त पारेको कडायतले बताए ।

उद्योग मन्त्रालयको सुधारका लागि सुझाव सङ्कलन गर्दै मन्त्री भण्डारी

उद्योग मन्त्रालयको सुधारका लागि सुझाव सङ्कलन गर्दै...

वि.सं.२०८१ साउन ५ शनिवार १९:४८

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र...

क्यान महासंघलाई सञ्चारमन्त्री गुरुङको आग्रह : एआईको बिषयमा कार्यपत्र लिएर आउनोस

क्यान महासंघलाई सञ्चारमन्त्री गुरुङको आग्रह : एआईको...

वि.सं.२०८१ साउन ५ शनिवार ०९:३०

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले...

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित ३१ बुँदे सुझावपत्र (पूर्णपाठ)

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित...

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३३

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित ३१ बुँदे सुझावपत्र...

विपद्मा चार हजार चारसय सेना सक्रिया, तीन हेलिकोप्टर तैनाथ

विपद्मा चार हजार चारसय सेना सक्रिया, तीन...

वि.सं.२०८१ साउन ४ शुक्रवार १०:५९

  काठमाडौं । नेपाली सेनाले मनसुनजन्य विपद्लाई दृष्टिगत गरी विभिन्न...

सरकारले गठन गर्यो मन्त्रिपरिदका ५ समिति, यी हुन समितिका संयोजक

सरकारले गठन गर्यो मन्त्रिपरिदका ५ समिति, यी...

वि.सं.२०८१ साउन ४ शुक्रवार ०९:२८

  काठमाडौं, साउन ४ । सरकारले मन्त्रिपरिषदका पाँच समिति गठन...

प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा खतिवडा नियुक्त

प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा...

वि.सं.२०८१ साउन ३ बिहीवार २३:१६

  काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक...