Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

समाचार टिप्पणीः पूर्व सभामुख अग्नी सापकोटाले तीन दशकदेखि दशैं तिहारमा किन टिका लगाएनन्?

Machhapuchchhre Bank Limited

 

काठमाडौं । थाहा पाउँदा आश्चर्य लाग्न सक्छ, पूर्व सभामुख अग्नी सापकोटाले तीन दशकयता दशैं र तिहारमा टिका लाएका छैनन्।

५० को दशकमा पार्टी नेतृत्वले दशैं नमनाउने भनेर गरेको निणर्यलाई उनले आजसम्म निरन्तरता दिएका छन्। यही कारणले हो सापकोटाले यस वर्ष पनि न आफूले टिका लाए न त अरुलाई नै लगाईदिए। यसरी उनले बितेका ३० वर्षयता दशैं तिहारमा टिका लगाउने र लगाईदिने गरेका छैनन्।

नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै माओवादीका प्रवक्ताको जिम्मेवारीमा रहेका नेता सापकोटाले पार्टीको दशैं तिहारमा टिका नलाउने भन्ने उबेलाको नीति, विचार र सिद्धान्त कहिलेसम्म अनुशरण गरिरहने भन्ने पनि थाहा पाउन सकेका छैनन्।

जनयुद्धको तयारीको समयमा नै नयाँ ढंगले सामाजिक सांस्कृतिक क्रान्ति गर्ने भन्दै माओवादीले दशैं तिहार जस्ता पर्व परम्परागत रुपमा नमनाउने घोषणा गरेको थियो। जनयुद्धको परिवर्तनपछि नेतृत्व तहले नै विस्तारै पर्व मनाउन थाले। नयाँ ढंगले सांस्कृतिक क्रान्ति गर्ने घोषणा गरेका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय भारत भ्रमण र पशुपतिमा गएर गरेको पूजाले नै त्यसलाई पुष्टि गर्छ। आफ्ना विचारको निरन्तरता र त्यसमा दृढता देखाउने भन्दा ‘विचारमा नै अस्थिर नेता’ को ट्याग नै प्रचण्डले पाएका छन्।

आफूलाई शुद्ध कम्युनिष्ट पार्टी मान्ने माओवादी र त्यसका नेतृत्वले जनयुद्धको तयारी गर्दैगर्दा नै सामाजिक सांस्कृतिक क्रान्ति गर्ने घोषणा गरेर दशैं, तिहार जस्ता पर्व समेत नमान्ने घोषणा गरेको माओवादी त्यसमा किन अडिग हुन सकेन? भन्ने प्रश्नमा सापकोटाले, नेतृत्व र पार्टीमा विचारको विकास रोकिएको भएपनि आफू भने सिद्धान्तमा अडिग रहेको दाबी गरे।

‘विसं २०५० तिर जनयुद्धको तयारी गर्दा नै दशैंको बारेमा छलफल बहस गर्नुपर्छ र यसलाई नयाँ परिभाषासहित मनाउनुपर्छ भनेर हामी कम्युनिष्टले दशैं मान्न छोड्यौं। त्यहाँदेखि आजसम्म मैले दशैं तिहारमा टिका लगाएको पनि छैन र अरुलाई पनि लगाईदिएको छैन। किनभने त्यो समयमा किन छोडेको र अहिले किन सुरु गर्ने भन्ने कुराको जवाफ मसँग छैन। यसमा नेतृत्वसँग छलफल गर्न पनि सकिएको छैन। अरुले त छोडेर पनि अर्को निर्णय नहुँदै पुनः टिका लाउन सुरु गरे। तर मैले भने परम्परागत हिसाबले टिका लगाएको छैन’ माओवादी नेता सापकोटाले सुनाए।

सापकोटाले पार्टीभित्र दशैं किन मान्न छोडेको र किन मनाउन सुरु गर्ने भन्ने बहस गरेर निष्कर्ष ननिकालेसम्म आफूले दशैं मनाउनुको औचित्य नहुने देखेकैले तीन दशक यता पर्वमा टिका लाउने लगाइदिने नगरेको बताए। यस विषयमा नेतृत्वले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाई छ।

‘हामीले पार्टीभित्र दशैं किन नमान्ने भनेको र पछि किन कम्युनिष्टले मान्न थालेको भनेर छलफल चलाउन सकेकै छैनौं। संस्कृति ठूलो कुरा हो, यसलाई कसरी संरक्षण गर्ने, सिर्जनात्मक र रचनात्मक रुपले कसरी विकास गर्ने भन्ने कुरामा यसमा ठूलो बहसको आवश्यकता छ। हामीभित्र छलफल गर्नै बाँकी छ। यो विषयमा पार्टीमा हिजो किन मनाउन छोडियो? त्यो बेठिक थियो भने बेठिक हो भन्न सक्नुपर्यो, समीक्षा हुनुपर्यो। आज किन टिका लगाउन सुरु गर्ने भनेर त्यसको निष्कर्षसहित सुरु गर्न सक्नुपर्यो। मनलागे सुरु गर्ने नलागे छोड्ने प्रवृति राम्रो होइन। नेतृत्वले सोच्ने कुरा व्यवस्थित र हामीमाथि उठेका जिज्ञासालाई मेटाउन सक्ने उत्तर हामीसँग हुनुपर्छ,’ सापकोटाले भने।

उनले माओवादीले सुरु गरेको परिवर्तनको सहयात्रीलाई पार्टीले सक्तामा पुगेपछि विसर््िाएको र पार्टीभित्र विचारको विकास नभएकै कारण माओवादी कमजोर भएको पनि औँल्याएका छन्।

उनले भने,‘देश र पार्टीको यो हालत किन भयो भने यहाँ विचारको विकास भएन। विचारको विकासमा जति हामीले ध्यान दिएर जोडबल गर्नुपर्ने थियो त्यो भएन। एकत हामीमा विचार विकासमा उदासिनता हो। अर्को उहिले माओवादीले सुरु गरेको त्यत्रो ठूलो परिवर्तका लागि असाधारण साथ दिएका महिला, गरिब, आदिवासी, मजदुर, किसान, जनजाति सबैलाई हामीले आफ्नो वर्ग परिवर्तनसँगै कम्युनिष्टलाई साथ दिएका मध्यम र तल्लो वर्गका ती असल मित्रलाई विर्सियौँ, टाढियौँ। त्यही कारण हामी कमजोर भैरहेका छौं।’

माओवादीले सुरु गरेको परिवर्तको युद्धमा होमिएर साथ दिएका तल्लो वर्गका नागरिलाई परिवर्तनपछि माओवादीले विर्सिएको उनले स्वीकारे।

नेतृत्वमा परिवर्तनपछि आएको बदलाव, मध्यम र उच्च वर्गसँगको नेतृत्वको उठबसले तल्लो वर्गलाई माओवादीले विर्सँदा माओवादी ३२ सिटमा खुम्चिएकोले अब त्यसलाई सुधार्न नेतृत्व नै अग्रसर भएर लाग्नुपर्ने उनको धारणा छ।

 

 

 

 

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...