CG Electronics
Ncell NPL
NIMB

समाचार टिप्पणीः पूर्व सभामुख अग्नी सापकोटाले तीन दशकदेखि दशैं तिहारमा किन टिका लगाएनन्?

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । थाहा पाउँदा आश्चर्य लाग्न सक्छ, पूर्व सभामुख अग्नी सापकोटाले तीन दशकयता दशैं र तिहारमा टिका लाएका छैनन्।

५० को दशकमा पार्टी नेतृत्वले दशैं नमनाउने भनेर गरेको निणर्यलाई उनले आजसम्म निरन्तरता दिएका छन्। यही कारणले हो सापकोटाले यस वर्ष पनि न आफूले टिका लाए न त अरुलाई नै लगाईदिए। यसरी उनले बितेका ३० वर्षयता दशैं तिहारमा टिका लगाउने र लगाईदिने गरेका छैनन्।

नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै माओवादीका प्रवक्ताको जिम्मेवारीमा रहेका नेता सापकोटाले पार्टीको दशैं तिहारमा टिका नलाउने भन्ने उबेलाको नीति, विचार र सिद्धान्त कहिलेसम्म अनुशरण गरिरहने भन्ने पनि थाहा पाउन सकेका छैनन्।

जनयुद्धको तयारीको समयमा नै नयाँ ढंगले सामाजिक सांस्कृतिक क्रान्ति गर्ने भन्दै माओवादीले दशैं तिहार जस्ता पर्व परम्परागत रुपमा नमनाउने घोषणा गरेको थियो। जनयुद्धको परिवर्तनपछि नेतृत्व तहले नै विस्तारै पर्व मनाउन थाले। नयाँ ढंगले सांस्कृतिक क्रान्ति गर्ने घोषणा गरेका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय भारत भ्रमण र पशुपतिमा गएर गरेको पूजाले नै त्यसलाई पुष्टि गर्छ। आफ्ना विचारको निरन्तरता र त्यसमा दृढता देखाउने भन्दा ‘विचारमा नै अस्थिर नेता’ को ट्याग नै प्रचण्डले पाएका छन्।

आफूलाई शुद्ध कम्युनिष्ट पार्टी मान्ने माओवादी र त्यसका नेतृत्वले जनयुद्धको तयारी गर्दैगर्दा नै सामाजिक सांस्कृतिक क्रान्ति गर्ने घोषणा गरेर दशैं, तिहार जस्ता पर्व समेत नमान्ने घोषणा गरेको माओवादी त्यसमा किन अडिग हुन सकेन? भन्ने प्रश्नमा सापकोटाले, नेतृत्व र पार्टीमा विचारको विकास रोकिएको भएपनि आफू भने सिद्धान्तमा अडिग रहेको दाबी गरे।

‘विसं २०५० तिर जनयुद्धको तयारी गर्दा नै दशैंको बारेमा छलफल बहस गर्नुपर्छ र यसलाई नयाँ परिभाषासहित मनाउनुपर्छ भनेर हामी कम्युनिष्टले दशैं मान्न छोड्यौं। त्यहाँदेखि आजसम्म मैले दशैं तिहारमा टिका लगाएको पनि छैन र अरुलाई पनि लगाईदिएको छैन। किनभने त्यो समयमा किन छोडेको र अहिले किन सुरु गर्ने भन्ने कुराको जवाफ मसँग छैन। यसमा नेतृत्वसँग छलफल गर्न पनि सकिएको छैन। अरुले त छोडेर पनि अर्को निर्णय नहुँदै पुनः टिका लाउन सुरु गरे। तर मैले भने परम्परागत हिसाबले टिका लगाएको छैन’ माओवादी नेता सापकोटाले सुनाए।

सापकोटाले पार्टीभित्र दशैं किन मान्न छोडेको र किन मनाउन सुरु गर्ने भन्ने बहस गरेर निष्कर्ष ननिकालेसम्म आफूले दशैं मनाउनुको औचित्य नहुने देखेकैले तीन दशक यता पर्वमा टिका लाउने लगाइदिने नगरेको बताए। यस विषयमा नेतृत्वले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाई छ।

‘हामीले पार्टीभित्र दशैं किन नमान्ने भनेको र पछि किन कम्युनिष्टले मान्न थालेको भनेर छलफल चलाउन सकेकै छैनौं। संस्कृति ठूलो कुरा हो, यसलाई कसरी संरक्षण गर्ने, सिर्जनात्मक र रचनात्मक रुपले कसरी विकास गर्ने भन्ने कुरामा यसमा ठूलो बहसको आवश्यकता छ। हामीभित्र छलफल गर्नै बाँकी छ। यो विषयमा पार्टीमा हिजो किन मनाउन छोडियो? त्यो बेठिक थियो भने बेठिक हो भन्न सक्नुपर्यो, समीक्षा हुनुपर्यो। आज किन टिका लगाउन सुरु गर्ने भनेर त्यसको निष्कर्षसहित सुरु गर्न सक्नुपर्यो। मनलागे सुरु गर्ने नलागे छोड्ने प्रवृति राम्रो होइन। नेतृत्वले सोच्ने कुरा व्यवस्थित र हामीमाथि उठेका जिज्ञासालाई मेटाउन सक्ने उत्तर हामीसँग हुनुपर्छ,’ सापकोटाले भने।

उनले माओवादीले सुरु गरेको परिवर्तनको सहयात्रीलाई पार्टीले सक्तामा पुगेपछि विसर््िाएको र पार्टीभित्र विचारको विकास नभएकै कारण माओवादी कमजोर भएको पनि औँल्याएका छन्।

उनले भने,‘देश र पार्टीको यो हालत किन भयो भने यहाँ विचारको विकास भएन। विचारको विकासमा जति हामीले ध्यान दिएर जोडबल गर्नुपर्ने थियो त्यो भएन। एकत हामीमा विचार विकासमा उदासिनता हो। अर्को उहिले माओवादीले सुरु गरेको त्यत्रो ठूलो परिवर्तका लागि असाधारण साथ दिएका महिला, गरिब, आदिवासी, मजदुर, किसान, जनजाति सबैलाई हामीले आफ्नो वर्ग परिवर्तनसँगै कम्युनिष्टलाई साथ दिएका मध्यम र तल्लो वर्गका ती असल मित्रलाई विर्सियौँ, टाढियौँ। त्यही कारण हामी कमजोर भैरहेका छौं।’

माओवादीले सुरु गरेको परिवर्तको युद्धमा होमिएर साथ दिएका तल्लो वर्गका नागरिलाई परिवर्तनपछि माओवादीले विर्सिएको उनले स्वीकारे।

नेतृत्वमा परिवर्तनपछि आएको बदलाव, मध्यम र उच्च वर्गसँगको नेतृत्वको उठबसले तल्लो वर्गलाई माओवादीले विर्सँदा माओवादी ३२ सिटमा खुम्चिएकोले अब त्यसलाई सुधार्न नेतृत्व नै अग्रसर भएर लाग्नुपर्ने उनको धारणा छ।

 

 

 

 

CG Electronics
रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक...

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:५३

  काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को...

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल राख्नुपर्नेमा जोड

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल...

वि.सं.२०८२ माघ २२ बिहीवार २१:१६

  काठमाडौं । पछिल्लो समय डेटा साइन्स, मसिन लर्निङ, एआई...

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद चौधरी

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १७:३०

  आगामी फागुन २१ को आम निर्वाचनको सन्दर्भमा नवलपरासी–१ अन्तर्गत...

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस कटिबद्ध: विनोद चौधरी

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस...

वि.सं.२०८२ माघ २१ बुधवार १६:१४

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली...

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद चौधरी

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १६:११

  काठमाडौ । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १...

नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” सार्वजनिक

नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ...

वि.सं.२०८२ माघ २१ बुधवार १२:१४

  काठमाडौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल...