Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

देश टाइटानिक डुबेजसरी डुबिरहेको छः सीके राउत

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले यो देश टाइटानिक डुबे जसरी डुबिरहेको बताएका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देश टाइटानिक डुबे जसरी डुबिरहेका भन्दै यसका चालकहरुले नै विदेशी इन्सोरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाईरहेका बताए ।

उनले भने, ‘यो देश टाइटानिक डुबे जसरी डुबिरहेको छ । यो डुबाउँने अरु कोही होईन्, यसका चालकहरु नै हुन् जसले विदेशी इन्सोरेन्सको पैसा आउँछ भनेर यो देशलाई डुबाईरहेका छन् । र उनीहरु आफू भने सुरक्षित रुपमा बसिरहेका छन् । जनताले यो कुरा बुझ्नु पर्छ ।’

उनले सदनमा एउटै कुरा महिनौसम्म उठाँउदा पनि सरकारले यसलाई सम्बोधन गर्न नसकेको भन्दै हामीले चाहेको सांसद यही हो भन्दै प्रश्न उठाएका छन् ।

उनले भने, ‘यो संसद व्यवस्थाको नियोगको रुपमा रहेको छ । यो पूर्ण रुपले निस्प्रभावि नै रहने हो भने यसले व्यवस्थामाथि नै प्रश्न चिन्ह् उठाउँने आधारहरु रहेका छन् । हामीले चाहेको संसद यस्तै हो, जहाँ मान्य ज्यूहरुले महिनौसम्म एउटै कुरा उठाएर बस्ने तर सरकारले सुन्दै नसुन्ने, हामीले खोजेको संसद यस्तै हो ? यसकारण हामी सोच्न बाध्य छौ यो संसदमा लोकतन्त्र कहाँ छ, यसको गरिमा कहाँ छ, त्यो प्रश्न गर्न म बिवश छु ।’

यस्तै, उनले सांसदहरुले गरेको कुनै निर्णय संशोधन र पारित नभएको भन्दै त्यसको निर्णय अन्ध्यारो कोठामा तीनजना नेताहरु बसेर मात्रै हुने बताए ।

उनले भने, ‘तपाईहरु छातिमा हात राखेर भन्नु तपाईहरुले गरेको कुन निर्णय यहाँ भएको छ, कुन संशोधन यहाँ भएको छ, के पारित हुने, कुन विधेयक पास हुने हो, कुन कुरा निर्णय हुने हो त्यो एउटा अन्ध्यारो कोठामा तीनजना नेताहरु बसेर निर्णय गर्छन् । त्यो नेताहरु सार्वभौम सत्ता सम्पन्न भयो कि यो संसद भयो, यस्तै, खालको संसद चल्ने हो भने यो व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधारहरु छन् ।’

City Express Money Transfer

ADBL
City Express Money Transfer
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

वि.सं.२०८० मंसिर १८ सोमवार १५:१८

  सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको...

काठमाडौं वरपरका जिल्लाको समय आएको छ : अर्थमन्त्री डा. महत

काठमाडौं वरपरका जिल्लाको समय आएको छ :...

वि.सं.२०८० मंसिर १८ सोमवार १३:५६

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको...

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले अझै दिएन जवाफ

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न,...

वि.सं.२०८० मंसिर १८ सोमवार १२:०५

  काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको...

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा विशाल महायज्ञ हुँदै

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा...

वि.सं.२०८० मंसिर १८ सोमवार १०:०७

  यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं...

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५५

  काठमाडौं । सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै...

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५१

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको...