Nabil Bank
Everest Bank Limited
prabhubank

जाजरकोट भूकम्प अपडेट : ज्यान गुमाउनेको संख्या १२९ पुग्यो, जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर गएराती गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२९ पुगेको छ ।

भूकम्पमा गरी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ। रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार साँढे सात बजेसम्ममा ९२ जनाको मृत्यु पुष्टि भैसकेको छ। थप विवरण संकलन भईरहेको भन्दै शर्माले मृतकको संख्या बढ्न सक्ने बताए।

उनले भने ‘सूचना संकलन कार्य चलिरहेको छ । अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ । सबैभन्दा बढी ४७ जना नलगाड नगरपालिकाका परेका छन् । ’

यस्तै रुकुम पश्चि र जाजरकोटमा गरी १४० बढी घाइते भएका छन् । जाजरकोट जिल्ला अस्पतालमा मात्रै ५५ जनाको उपचार भईरहेको छ । ८ जनालाई सुर्खेत पठाइएको शर्माले जानकारी दिए ।

केन्द्रिय प्रहरी प्रवक्ता कुवेर कडायतले जाजरकोटमा ९२ र रुकुममा ३७ जनाको ज्यान गएको पुष्टि गरे ।
उनले भने ‘कतिपय ठाउँमा सुरक्षाकर्मी समेत पुग्न कठिन भएको छ । पहाडि इलाका भएकाले अहिले नै क्षतिबारे प्रष्ट भन्न सकिने अवस्था छ्रैन् । ’

सडक अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा पुग्न समेत कठिन भएको छ भने सञ्चार सम्पर्क स्थापित गर्न समेत कठिन भएको छ ।

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव सापकोटालाई

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव...

वि.सं.२०८१ जेठ ३० बुधवार २३:५२

  काठमाडौं। अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण...

नेपालमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष ढकाल

नेपालमा लगानीको वातावरण बन्दै गएको छ :...

वि.सं.२०८१ जेठ ३० बुधवार १८:५६

  काठमाडौँ, ३० जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष...

आईएलओको ‘गभर्निङ बडी’ मा नेपाल निर्वाचित

आईएलओको ‘गभर्निङ बडी’ मा नेपाल निर्वाचित

वि.सं.२०८१ जेठ ३० बुधवार १५:५६

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद...

जेठ ३१ गतेबाट बन्दीपुर केबलकार व्यावसायिक सञ्चालनमा आउने

जेठ ३१ गतेबाट बन्दीपुर केबलकार व्यावसायिक सञ्चालनमा...

वि.सं.२०८१ जेठ ३० बुधवार १५:००

    काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न...

भरततालमा भ्रष्टाचार आरोप, निलम्बित नगरप्रमुखसहित ६ जनाविरुद्ध मुद्दा

भरततालमा भ्रष्टाचार आरोप, निलम्बित नगरप्रमुखसहित ६ जनाविरुद्ध...

वि.सं.२०८१ जेठ ३० बुधवार १४:५८

  भरत ताल निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती...

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि...

वि.सं.२०८१ जेठ ३० बुधवार १०:२९

  काठमाडौं । नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न...