Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

कामना सेवा विकास बैंकको रक्तदानसहित विभिन्न कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आफ्ना सम्पूर्ण क्षेत्रिय कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ५६ पिन्ट, कोशी प्रदेशको विराटचोक शाखामा भएको रक्तदान कार्यक्रममा ४० पिन्ट, मधेश प्रदेशको विरगञ्ज शाखामा भएको रक्तदानमा २३ पिन्ट, बर्दिबास शाखामा भएको रक्तदानमा ३० पिन्ट, नारायणगढ क्षेत्रको खैरहरी पर्सा शाखामा भएको रक्तदानमा ११० पिन्ट, पोखरा क्षेत्रको प्रस्र्याङ्ग शाखामा भएको रक्तदानमा ४६ पिन्ट र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदानमा ३६ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

सोही कार्यक्रम अन्तर्गत गत शनिवार बुटवल क्षेत्रको बुटवल शाखामा भएको रक्तदानमा ७६ पिन्ट रगत संकलन भएको थियो । यसरी बैंकले कुल ४१७ पिन्ट रगत संकलन गरेको जनाएको छ । वार्षिकोत्सवको शुभ अवसरमा बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल रुमको सवलीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।

उक्त कन्ट्रोल रुमको सवलीकरण सम्पन्न गरि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी कन्ट्रोल रुमको सवलीकरण गरिदिएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै प्रहरी कन्ट्रोल रुमको सेवा समेत छिटो र छरितो हुन थालेको बताए ।

वार्षिकोत्सवकै कार्यक्रम अन्तर्गत बैंकले कोशी प्रदेशको विराटचोकमा रहेको सुकुना बहुमुखी क्याम्पसमा रु।५० हजार रुपैया वरावरको छात्रवृत्ती समेत प्रदान गरेको छ । उक्त छात्रवृत्ती रकम क्याम्पसको व्यवस्थापन संकायमा अध्ययनरत १० जना जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिने क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम पोख्रेलले बताए ।

बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ । बैंकले गत शुक्रबारदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहीबारसम्म बैंकले विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय, एकल हक इन्टरनेशनल ग्रीन डेभलपर्सलाई

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४७

  काठमाडौँ। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको "ECOPANEL"...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५

काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल...

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...