Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपाल लाइफद्वारा एक दिवसीय ‘व्यापार समीक्षा बैठक’ सम्पन्न

 

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय व्यापार समीक्षा बैठकसम्पन्न भएको छ । “पराक्रमी गति आक्रामक निती” नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८०/८१ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।

यस कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दी बाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लाग्नुभएका सम्पूर्ण प्रगतिका सहयात्रिहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्नु भएको थियो । नेपाल लाइप आफैमा जीवन बीमा क्षेत्रमा गौरवशालि इतिहास बोकेको स्थापित ब्रान्ड रहेको बताए । अहिलेको विषम परिस्थितिमा यस कम्पनीले जीवन बीमा बजारको २७ प्रतिशत बजार हिस्सा ओगटदै बजारको लिडरको रूपमा आफुलाई स्थापित गराउन योगदान पुर्याउनु हुने सबैको मुक्तकण्ठले प्रसंशा गरे ।

 

विभिन्न परिस्थितिबाट गुज्रिदै र त्यसबाट पाठ लिदै आजको अवस्थामा आएको यस कम्पनीले बीमा बजारलाई मार्गनिर्देश गर्न पनि भूमिका निर्वाह गर्नुपर्ने कुरा बताए । यस कम्पनीको सेल्स टिम तथा अभिकर्ता अत्यन्तै अनुभवी र परिपक्क भएको कारण आहिलेको विषम अवस्थामा पनि कम्पनीले उत्कृष्ट व्यापार गर्नेमा आफु विश्वस्त रहेको बताए । यस सशक्त सेल्स टिमले आगामी दिनमा अथक मेहनत र परिश्रम गर्दै जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकाश र बीमाको पहँचलाई आम नागरिक बीच पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।

 

कार्यक्रमामा बाल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कर्मचारी तथा अभिकर्ताहरुलाई चालु आ.ब. को पहिलो त्रैयमासको कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.ब. को व्यापार लक्ष्य पुरा गर्न दत्तचित्त भई कार्य गर्न आव्हान गर्नु भएको थियो । कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटलाइजेशनको कार्य थालनी गरिसकेको बताए । निकट भविष्यमा बीमितहरुले यस कम्पनीद्वारा प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बीमितहरुले घरै बसी बसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने कुरा बताए ।

कार्यक्रममा नेशनल सेल्स हेड, सेल्स सँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरे । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीको विरासत लाई निरन्तरता प्रदान गर्न कुनै कसर बाँकि नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेशनल सेल्स हेड उमापति पोखरेलले बताए ।

समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले हाल सम्मको उपलब्धिका लागि सबैलाई धन्यबाद ज्ञापन गरे । साथै जीवन बीमा बजारको हिस्सालाई थप बृहत बनाउनका निम्ति आग्रह गरे । नेपाल लाइफ मार्केट लिडर भएको कारण यस कम्पनीको जिम्मेवारी पनि अधिक रहेको र सोलाई मनन गर्दै कार्यसम्पादन गर्न सबैमा अनुरोध गरे ।

 

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए पहिलो हप्ताका १० जना १ लाख नगद विजेताहरु, बम्परमा १ करोड नगद पुरस्कार

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए...

वि.सं.२०८२ असार ९ सोमवार २२:१२

काठमाडौं । एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत पहिलो...

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

वि.सं.२०८२ असार ९ सोमवार २२:०८

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

वि.सं.२०८२ असार ९ सोमवार २१:५६

  काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र...

वि.सं.२०८२ असार ९ सोमवार २१:४८

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा...

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु...

वि.सं.२०८२ असार ९ सोमवार २०:५४

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचकमा केहि...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...