BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

विद्युतीय सवारीको माध्यमले नेपाल ठूलो परिवर्तनतिर जाँदैछ : घिसिङ

 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीको माध्यमबाट नेपाल ठूलो परिवर्तनतर्फ लागेको बताएका छन् ।

नेपालमा पहिलो विद्युतीय सवारी साधन राइड सेयरिङ एप शुभारम्भ कार्यक्रममा उनले विद्युतीय साधन पेट्रोलभन्दा बीस गुना सस्तो पर्ने भन्दै अब बुझ्ने कसैले पनि पेट्रोल र डिजेलको सवारी नकिन्ने बताए ।

उनले भने, ‘विद्युत पेट्रोलभन्दा बीस गुना सस्तो छ । एकदमै ठूलो परिवर्तन हुँदैछ नेपालमा, अब बुझ्ने कसैले पनि पेट्रोल र डिजेलको सवारी साधन किन्दैनन् ।

नेपालमा करिब ४–५ खर्ब आयातलाई २० अर्बको विद्युतीय खपत गर्यो भने प्रतिस्थापन हुन्छ । ५ खर्बको डिजेल आयातलाई बन्द गर्ने र ५–७ खर्बको निर्यात गर्ने हो भने हामी सकारात्मक बाटोतर्फ जान्छौं । यो ठूलो परिवर्तन ऊर्जाबाट हुन्छ ।’

यस्तै, उनले प्रदेश सरकार र नेपाल सरकारलाई विद्युतीय साधनलाई रुट परमिट खुल्ला गर्नुपर्ने भन्दै नीतिगत निर्णय गर्न आग्रह गरे ।

उनले भने, ‘प्रदेश सरकार र नेपाल सरकारलाई मेरो अनुरोध, विद्युतीय साधन अहिले ट्याक्सी चलिरहेको छ त्यसको मात्रै सहमति दिने जुन नीति लिइएको छ, त्यो गलत छ । जस्तो साधन आए पनि सहमति दिनुपर्छ । विद्युतीय साधनलाई रुट परमिट खुल्ला गर्नुपर्छ । सरकारले नीतिगत निर्णय गर्नुपर्ने छ र यो होस् भन्ने मेरो आग्रह छ ।’

हिजो लोडसेडिङ् कम गर्ने प्रयासमा रहेको नेपाल आज विद्युत बढी भएको अवस्थामा हिजोको भन्दा उल्टो भएको भन्दै यो नेपालको लागि एकदमै ठूलो परिवर्तन र सम्भावना बोकेको ऊर्जा क्षेत्रको ठूलो उपलब्धि भएको उनको भनाई छ ।

निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबावबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री

निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबावबाट...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:५२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता...

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : सभापति देउवा

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:४५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा...

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:३५

  काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई...

बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यस्था गरौं : अर्थमन्त्री पौडेल

बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यस्था...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:३३

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको...

कोरियामा इपिएसमार्फत रोजगारी पाउने नेपालीको संख्या एकलाख नाघ्यो

कोरियामा इपिएसमार्फत रोजगारी पाउने नेपालीको संख्या एकलाख...

वि.सं.२०८१ भदौ २३ आइतवार ११:५५

  काठमाडौं । इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपालीको...

संविधान दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति

संविधान दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा...

वि.सं.२०८१ भदौ २२ शनिवार १५:२९

  काठमाडौं । नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१...