Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

पुँजी बजार क्षेत्रमा लगानी बढिरहेको छ : अध्यक्ष हमाल

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

 

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजी बजार क्षेत्रमा लगानी बढिरहेको बताएका छन् ।

बिहिबार एशियन बैकर्स संघ (एबीए) को ३९औं कन्फरेन्समा बोल्दै उनले पछिल्लो समय पुँजी बजार क्षेत्रमा लगानी बढिरहेको बताएका हुन् ।

उने भने, ‘अर्थतन्त्र कोभिडको चपेटामा पर्यो तर पनि अर्थतन्त्र चलिरहेको छ । अहिले पुँजीबजार क्षेत्रमा लगानी बढ्दै गइरहेको छ । अर्थतन्त्रको आकार पनि बढेकै छ, बैंकहरुको खराब कर्जा बढेको छ ।

यो स्वाभाविक हो । देश ठूलो महामारीबाट भरखरै बाहिर निस्कन खोजिरहेको छ । केही वर्षमा हामी यसबाट बाहिरिने छौं । त्यसकारण सकारात्मक हुनुपर्छ । देशका ठूला परियोजनाका लागि लगानी जुटाउन बाह्य रकम आवश्यक छ ।’

 

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालमा लगानी गर्ने हाल उपयुक्त समय भएको बताए । उनले नेपालको बैंकिङ क्षेत्र सहकार्य गर्न तयार रहेको पनि बताए ।

‘नेपालले केही वर्षमै धेरै क्षेत्रमा फड्को मारेको छ । चाहे त्यो बैकिङ क्षेत्रमा होस्, जलविद्युत क्षेत्रमा होस् वा पर्यटन क्षेत्र होस् । देशले २० वर्ष पहिले हरेक क्षेत्रलाई कसरी म्यानेज गर्दै आइरहेको थियो तर अहिले हामी धरै अगाडि बढिसकेका छौं ।’

सो कन्फरेन्समा २७ देशका बैंकका सीइओहरुको सहभागिता थियो । कन्फरेन्स भोलिसम्म चल्नेछ। विदेशी बैंकका सीइओहरु बोलाएर कार्यक्रम गरिएको नेपालमा पहिलो पटक भएको नेपाल बैंकर्स संघले बताएको छ ।

City Express Money Transfer

ADBL
City Express Money Transfer
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

वि.सं.२०८० मंसिर १८ सोमवार १५:१८

  सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको...

काठमाडौं वरपरका जिल्लाको समय आएको छ : अर्थमन्त्री डा. महत

काठमाडौं वरपरका जिल्लाको समय आएको छ :...

वि.सं.२०८० मंसिर १८ सोमवार १३:५६

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको...

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले अझै दिएन जवाफ

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न,...

वि.सं.२०८० मंसिर १८ सोमवार १२:०५

  काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको...

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा विशाल महायज्ञ हुँदै

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा...

वि.सं.२०८० मंसिर १८ सोमवार १०:०७

  यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं...

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५५

  काठमाडौं । सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै...

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५१

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको...