Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

राष्ट्रिय एकता र सामाजिक न्यायको मार्ग दर्शन गर्न छठ पर्व महत्वपूर्ण : प्रधानमन्त्री दाहाल

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न,आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा सामाजिक न्यायसहितको समुन्नतिको मार्ग दर्शनका लागि सबैमा प्रेरणा मिल्ने बताएका छन् ।

छठ पर्वको मुख्य दिन आज शुभकामना व्यक्त गर्दै उनले देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्न छठले प्रेरणा दिने विश्वास जनाएका छन् ।

‘नेपालको तराई–मधेशमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराईबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उनले यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण,उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन समेत छठले सबैलाई प्रेरणा मिल्ने प्रधानमन्त्रीले शुभकामनामा उल्लेख गरेका छन् ।

‘छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु ’ प्रधानमन्त्रीले भनेका छन् ।

City Express Money Transfer

ADBL
City Express Money Transfer
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा

वि.सं.२०८० मंसिर १८ सोमवार १५:१८

  सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको...

काठमाडौं वरपरका जिल्लाको समय आएको छ : अर्थमन्त्री डा. महत

काठमाडौं वरपरका जिल्लाको समय आएको छ :...

वि.सं.२०८० मंसिर १८ सोमवार १३:५६

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको...

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले अझै दिएन जवाफ

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न,...

वि.सं.२०८० मंसिर १८ सोमवार १२:०५

  काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको...

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा विशाल महायज्ञ हुँदै

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा...

वि.सं.२०८० मंसिर १८ सोमवार १०:०७

  यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं...

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५५

  काठमाडौं । सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै...

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५१

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको...