Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी २०२३’ काठमाडौंमा

 

 

 

काठमाडौं । दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०२३ को सम्पूर्ण तयारी पूरा भएको छ । प्रर्दशनी मंसिर पाँच गतेदेखि नौ गतेसम्म चारदिन काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको आयोजकले जानकारी गराएको हो ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लिको संयुक्त आयोजनामा हुन लागेको प्रर्दशनीको उद्घाटन मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने महासंघका महासचिव शिवसागर शर्माले बताए ।

सामाजिक रूपान्तणका लागि चेतना, चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्रीको आवश्यकता पर्ने कुरालाई आत्मसात गरी प्रर्दशनी आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

पुस्तक प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका भारत, बंगलादेश,चीनसँगै अमेरिका, इजिप्ट आदि देशसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता जनाउनेछन् ।
सो बृहत् पुस्तक तथा शैक्षिक सामग्री प्रदर्शनीमा १८० भन्दा बढी स्टलहरूमा देश तथा विदेशका उत्पादित पुस्तकका साथै शैक्षिक सामग्री प्रदर्शनमा राखिने र १५ लाखले उक्त प्रदर्शनी अवलोकन गर्ने महासचिव शर्माले बताए ।

उनले भने, ‘प्रदर्शनीमा देशभरबाट मात्र नभई दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूको समेत सहभागिता रहने भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको आयात, निर्यात, वितरणमा सहकार्य एवं सहजीकरणको वातावरण बन्नुका साथै यस महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौं । यस प्रदर्शनीमा १५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने आँकलन हामीले गरेका छौं ।’

महोत्सव राष्ट्रिय शिक्षा क्षेत्रका सरोकारवाला निकायहरूका लागि उपयुक्त सल्लाह, सुझाव उपलब्ध गराउने स्थल बन्नुका साथै नेपालका शैक्षिक संस्थाहरु, सामुदायिक तथा संस्थागत विद्यालय, कलेज, शिक्षक, विद्यार्थी, अभिभावक एवं आम पाठकसम्मका लागि साझा चौतारी एवं शिक्षा, साहित्य, संस्कृति र सञ्चारको माध्यम बन्ने अपेक्षा आयोजकको रहेको छ ।

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...