NATIONAL LIFE INSURANCE COMPANY LIMITED
Nabil Bank
Everest Bank Limited

एनआइसी एशिया क्यापिटलद्वारा १ अर्बको ‘ग्रोथ फण्ड २’ निष्काशन गर्दै

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । चाडपर्वको लामो विदा सकिनासाथ एनआइसी एशिया क्यापिटल लिमिटेडले ‘एनआइसी एशिया ग्रोथ फण्ड २’ निष्काशन गर्न लागेको छ । क्यापिटलले मंसिर ४ गते अर्थात् सोमबार प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अथवा १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको बताइएको छ ।

जसमा न्यूनतम १०० इकाईका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । यो फण्डको इकाईमा मंसिर ७ गतेसम्म आवेदन दिने समय तोकिएको छ । यस अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा मंसिर १८ गतेसम्म आवेदन म्याद थप गर्ने तयारी क्यापिटलले गरेको छ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । ७ वर्ष अवधिको यो फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब एवं एपबाट समेत आवेदन दिन सक्नेछन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औं बार्षिकोत्सवको अवसर रक्तदान कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औं बार्षिकोत्सवको अवसर...

वि.सं.२०८१ असार २९ शनिवार २१:५८

  काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज असार २७...

नेशनल लाइफको लाभांश घोषणा

नेशनल लाइफको लाभांश घोषणा

वि.सं.२०८१ असार २९ शनिवार २१:५५

  काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष...

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ असार २९ शनिवार २१:५३

  काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने...

सनसिल्कसँग क्रिएटर अनर्स

सनसिल्कसँग क्रिएटर अनर्स

वि.सं.२०८१ असार २९ शनिवार २१:४८

काठमाडौँ । हेयर केयर ब्रान्ड सनसिल्कले अपट्रेन्डलीसँगको सहकार्यमा लाइफस्टाइल, ब्युटी...

सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा २०...

वि.सं.२०८१ असार २९ शनिवार १५:१६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्लु क्रस...

प्राइम कमर्सियलले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

प्राइम कमर्सियलले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा...

वि.सं.२०८१ असार २९ शनिवार १५:१५

  काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको...