नेपाल एसबिआई मर्चेण्टको वार्षिक साधारण सभा मंगलबार
Sunday Nov 19, 2023
वि.सं.२०८० मंसिर ३ आइतवार २१:४३
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले मंगलबार आठौँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा नेपाल एसबिआई बैंकको प्रधान कार्यालयको सभाहल कमलादीमा मंगलबार विहान ११ बजे शुरु हुने जनाएको छ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा नियममा प्रबन्धपत्रको दफा २ र नियमावलीको नियम ३९ण० १९ ९३०, २८ ९२० ९ख०, २८ ९६०, ३०९१० ९क० तथा ३९ ९४० संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने बताइएको छ ।
नियामकको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभाले गत आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०र८१ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना स्वतन्त्र सञ्चालकको समेत नियुक्ती यसै साधारण सभाबाट हुने बताइएको छ ।