Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

जनवादी गणतन्त्र चीनको चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख वाङ ह्वामिङ भक्तपुर भ्रमणमा

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनवादी गणतन्त्र चीनको चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख वाङ ह्वामिङले आइतबार भेट गर्नुभयो ।
सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमानमा विभिन्न आयामसहित घनिष्ट हुँदै गएको बताउँदै उच्च तहका चिनियाँ प्रतिनिधिमण्डलहरुको नेपाल भ्रमण अत्यन्त स्वागतयोग्य भएको बताउनुभयो ।
नेमकिपा वैज्ञानिक समाजवादमा विश्वास गर्ने पार्टी भएको बताउँदै उहाँले नेमकिपाका जनप्रतिनिधिले देश र जनताको निःस्वार्थ सेवा गरिरहेको जानकारी गराउनुभयो ।
भक्तपुर नपाले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत विषयलाई प्राथमिकता राख्दै काम गरिरहेको बताउँदै उहाँले भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्थापना गर्ने उद्देश्यअनुरुप काम गरिरहेको बताउनुभयो ।
चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख ह्वामिङले भक्तपुरको न्यानो स्वागत र व्यवस्थित अवलोकनको निम्ति धन्यवादज्ञापन गर्दै दुई नगरबीच मैत्रीपूर्ण सहरको सम्बन्ध स्थापित गरी विभिन्न विषयमा सहकार्य गरी अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।
चिङ्काङ्शान चीनको च्याङ्सी प्रान्तको दक्षिण पश्चिम क्षेत्रको महत्वपूर्ण नगर भएको बताउँदै उहाँले पर्यटन र संस्कृतिमा भक्तपुर र चिङ्काङ्शानबीच धेरै विषयमा समानता रहेको बताउनुभयो । उहाँले चिङ्काङ्शान चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनगणतन्त्र सुरु गरेको ठाउँ भएको  बताउनुभयो ।
टोलीलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको दरबार क्षेत्र प्रवेशद्धारमा स्वागत गर्नुभएको थियो । सोही क्रममा उहाँहरुले भक्तपुरका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।
 साथै टोलीले भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप अस्पताल, ख्वप कलेज, ख्वप मावि र ख्वप कलेज अफ ल समेतको स्थलगत अवलोकन गर्नुभयो ।
भेटमा चिङ्काङ्शान नगरपालिकाका मुख्य प्रशासक लोङ ल्यानह्वाउ, माओपिङ नगर समितिका पार्टी सचिव लि स्याओफेङ, चिङ्काङ्शान नगर स्वास्थ्य कमिसनका निर्देशक, चिङ्काङ्शानका उपनिर्देशक ऊ जुआनजुआनलगायतको उपस्थिति रहेको थियो ।
भेटमा नगर प्रमुख प्रजापति र उपप्रमुख ह्वामिङबीच उपहार आदानप्रदान भयो ।
City Express Money Transfer

ADBL
City Express Money Transfer
काठमाडौं वरपरका जिल्लाको समय आएको छ : अर्थमन्त्री डा. महत

काठमाडौं वरपरका जिल्लाको समय आएको छ :...

वि.सं.२०८० मंसिर १८ सोमवार १३:५६

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको...

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले अझै दिएन जवाफ

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न,...

वि.सं.२०८० मंसिर १८ सोमवार १२:०५

  काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको...

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा विशाल महायज्ञ हुँदै

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा...

वि.सं.२०८० मंसिर १८ सोमवार १०:०७

  यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं...

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

एनसेलको लगानी फिर्ताबारे सभामुखको चासो

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५५

  काठमाडौं । सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै...

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:५१

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको...

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्री  : ‘तत्काल केही हुनेवाला छैन’

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्री  : ‘तत्काल केही हुनेवाला...

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:४८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् तत्काल...