Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

घरको डाक्टरको निशुल्क निर्माण सम्बन्धी प्राविधिक परामर्श

kumari  bank
काठमाडौं। घरसँग सम्बन्धित बिभिन्न जग खन्ने देखि घर निर्माण र समस्या समाधान सेवाहरू(   दिँदै आएको स्किल सेवाले घर निर्माण सम्बन्धी निशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दैछ।
विगत ५ बर्ष देखि घर र घरकै समस्याहरूको स्रोत पहिचान र समस्या समाधानमा काम गर्दै अइरहेको यस कम्पनीले अफ्ना ३ शाखाहरू समेत बाट ४० हजार भन्दा बढी समस्या भएको घरहरूमा अफ्ना सेवा प्रदान गरीसके पश्चात, समस्या रहित घर के कसरी निर्माण गर्न सकिन्छ, घर बनाउनु पूर्व के( कस्ता कुरामा ध्यान दिने , अवश्यक कागजात र प्रक्रियाहरू समेतको बिस्तृत जानकारी दिने गरी कम्पनीको सामाजिक उत्तरदायित्व स्वरूप निशुल्क परामर्श कार्यक्रमको अयोजन गरिएको हो ।
हरेक हप्ताको शनिबार बिहान ८ बजे देखि दिउँसो ४ बजे सम्म कम्पनीको मूख्य कार्यालयमा  निशुल्क परामर्श कार्यक्रम हुने कम्पनीका सिइओ रमेश तिमिल्शिना ले बताउनु भयो ।
देशका प्रमुख शहरहरू पोखरा,चितवन र बुटवलबाट समेत सेवा दिँदै आएको स्किल सेवाले कार्यक्रम मार्फत सर्वसाधारणलाई घर बनाउँदा समस्या रहित, दिगो, सुरक्षित कसरी बनाउने भन्ने बारेमा विशेष परामर्श दिन लागेको जानकारी दिएको छ।
घर बनाउँदा ध्यान दिनुपर्ने कुराहरु, निर्माणका क्रममा हुने कमीकमजोरी एवम् प्रक्रियागत त्रुटीका बारेमा ध्यान नदिँदा घरमा विभिन्न किसिमका जोखिम आउने, अफनो लगानी समेत खेर जान सक्ने र निर्माण पश्चात सहजै बिक्री समेत नहुने गरेको उनको भनाई छ। यसको लागि घर निर्माण गर्नुअघि प्राविधिकको परामर्श लिनु उचित हुने उनले बताए।
जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु अति आवश्यक रहेको उनले जानकारी दिए।
जीवन भरको मेहनतको कमाईले घर निर्माण गरिने र घर बनेको केही महिना नबित्दै घरमा सिपेज, भित्ता चर्किने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेकाले यसबारे उपभोक्तालाई विस्तृत जानकारी तथा परामर्श दिन लागेको कम्पनीका प्रबन्धक रमेश तिमिल्सिनाले बताए।
उनले घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरिरहेकाहरुले यस कार्यक्रमबाट फाइदा लिन सक्ने पनि जानकारी दिए।
रमेशले भने, ‘प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो घर निर्माण गर्न सक्छौं। साथसाथै प्रक्रियागत त्रुटीसमेत नहुने भएकाले समस्यारहित घर निर्माण गर्न सकिन्छ । यसका अतिरिक्त प्राकृतिक विपद, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्दछ ।
यस कार्यक्रमको लाभ लिन चाहनुहुने घरधनीहरूले हरेक हप्ताको बिहिबार अगाबै कम्पनीको वेबसाइट अथवा सम्पर्क नम्बरमा सम्पर्क गरी समय लिन सक्नुहुनेछ ।
खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा...