Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

भूमी अधिकारकर्मी राजगोपाललाई दिइयो रुद्रलाल समाजसेवा पुरस्कार

 

काठमाडौं । यस वर्षको रुद्रलाल समाज सेवा पुरस्कार भारतका गान्धी चिन्तक एवम् समाजसेवी तथा भूमी अधिकारकर्मी राजगोपाल पीभीलाई प्रदान गरिएको छ ।

छत्रलक्ष्मी-रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठानले शुक्रवार आयोजना गरेको एक कार्यक्रमका माझ गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले सो पुरस्कारका सथा पीभीलाई सम्मान गरेका थिए ।
नेपाल पत्रकार संघका संस्थापक सदस्यसमेत रहेका रुद्रलाल मुल्मी नेपालका शरुताकाका समाजसेवी तथा गान्धी चिन्तक हुनुका साथै नेपाली मौलिक कपडा प्रवद्र्धन गर्ने व्यक्तित्व पनि हुन् ।

मुल्मी र भारतका राजगोपाल पीभीको योगदान उस्तै खाले पाइएकाले र निस्वार्थ रुपमा भूमी अधिकारका लागि लाखौं भूमिहिनको पक्षमा ३ सय ५० किलोमिटरसम्म पैदल र्‍याली गरी जनताको सेवा गरेकाले सम्मान गरिएको कार्यक्रममा बताइएको थियो ।

कार्यक्रममा प्रथम राष्ट्रपति डा. यादवले अहिले पनि संसारमा द्वन्द्व र युद्धको माहौल रहेको तर नेपालले ती सवैलाई निस्तेज पार्न शान्ति कायम गरी जनताको अधिकार स्थापित गर्न सकेकोमा खुशी व्यक्त गरे । नेपाललगायत सम्पूणर् मुलुकमा बुद्ध र गान्धीको अहिंसावादी चिन्तन अत्यावश्यक भएको चर्चा उनले कार्यक्रममा गरेका थिए ।

सम्मानित व्यक्तित्व राजगोपाल पीभीले शान्ति स्थापना गर्न नेपालले उदाहरणीय काम गरेको चर्चा गर्दै अन्य मुलुकमा अहिंसा पछि अहिंसा कायम नै रहेको तर नेपालले १२ वर्षको द्वन्द्वलाई शान्तपूर्वक समापन गरेकोमा खुलेरै प्रशंशा गरे ।

नेपालमा पनि गान्धीको चिन्तकहरु रहेको र गान्धी चिन्तनलाई व्यवहारिक रुपमा नेपालमा ल्याउन स्व. रुद्रलाल मुल्मीले ठूलो योगदान गरेको चर्चा उनले गरे ।

भारतीय राजदुतावासमा प्रथम सचिव नविन कुमारले भारतको स्वतन्त्रताका लागि नेपालीहरुले पनि दिलोज्यान दिइ आन्दोलनमा सहभागी भएकाले नेपाल र नेपालीप्रति भारत सदैव आभारी भएको स्पष्ट पारे ।

महात्मा गान्धीको विचार र समाज रुपान्तरण विषयक गोष्ठीमा आफ्नो विचार प्रस्तुत गर्दै मानवअधिकार रक्षक गौरी प्रधानले गान्धी चिन्तनलाई व्यवहारिक रुपमा उतार्न रुद्रलाल मुल्मी सफल भएको र गान्धीले जस्तै खाडी आन्दोलन, चर्खा प्रचारक, दलित मुक्तिलगायतका क्षेत्रमा स्व.मुल्मीले संस्मरणीय कार्य गरेको चर्चा गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बास्तोलाले गान्धीको चिन्तनको प्रेरणाले गर्दा नै विश्वमा अहिंसात्मक आन्दोलनबाट विभिन्न मुलुकले ठूला ठूला तानाशाहीबाट मुक्त पाएको चर्चा गरिन् । नेपालमा पनि २०४६ साल र ६२/६३ सालको आन्दोलन कहिं न कतैबाट गान्धीको विचारधाराबाट प्रेरित भएको उनले बताइन् ।

गान्धी अध्येता शंकर तिवारीले विश्व इतिहासमा महात्मा गान्धी सिद्धान्तको प्रतिपादक मात्र नभएर युगका महान नेता पनि भएको दृष्टान्त पेश गरे । दोस्रो विश्वयुद्धको विभीषिकाबाट त्रसित विश्वलाई अहिंसाको मार्गबाट पनि परिवर्तन सम्भव छ भन्ने विश्वस्त गराउन गान्धी सफल भएको चर्चा तिवारीले गरे ।

वरिष्ठ मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठले रुद्रलाल र गान्धीले मानवताको लागि गरेको र उनीहरुले गर्दा अहिले शान्तिपूर्वक जनताले काम गर्न पाएको बताए ।

आयोजक समितिका अध्यक्ष शान्तलाल मुल्मीले अहिंसा र शान्तिको पाठ विद्यालयस्तरबाटै शुरु गर्नुपर्ने चर्चा गरे ।

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण...

वि.सं.२०८२ असार ३ मंगलवार २३:१५

  काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको 'सङ्घीय निजामती सेवाको...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो...

वि.सं.२०८२ असार १ आइतवार १६:२३

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी...

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ :...

वि.सं.२०८२ असार १ आइतवार १६:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा...

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र...

वि.सं.२०८२ असार १ आइतवार १६:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ...

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न समिति गठन

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न...

वि.सं.२०८२ असार १ आइतवार १४:५९

  काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४...