CG Electronics
Ncell NPL
NIMB

भूमी अधिकारकर्मी राजगोपाललाई दिइयो रुद्रलाल समाजसेवा पुरस्कार

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । यस वर्षको रुद्रलाल समाज सेवा पुरस्कार भारतका गान्धी चिन्तक एवम् समाजसेवी तथा भूमी अधिकारकर्मी राजगोपाल पीभीलाई प्रदान गरिएको छ ।

छत्रलक्ष्मी-रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठानले शुक्रवार आयोजना गरेको एक कार्यक्रमका माझ गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले सो पुरस्कारका सथा पीभीलाई सम्मान गरेका थिए ।
नेपाल पत्रकार संघका संस्थापक सदस्यसमेत रहेका रुद्रलाल मुल्मी नेपालका शरुताकाका समाजसेवी तथा गान्धी चिन्तक हुनुका साथै नेपाली मौलिक कपडा प्रवद्र्धन गर्ने व्यक्तित्व पनि हुन् ।

मुल्मी र भारतका राजगोपाल पीभीको योगदान उस्तै खाले पाइएकाले र निस्वार्थ रुपमा भूमी अधिकारका लागि लाखौं भूमिहिनको पक्षमा ३ सय ५० किलोमिटरसम्म पैदल र्‍याली गरी जनताको सेवा गरेकाले सम्मान गरिएको कार्यक्रममा बताइएको थियो ।

कार्यक्रममा प्रथम राष्ट्रपति डा. यादवले अहिले पनि संसारमा द्वन्द्व र युद्धको माहौल रहेको तर नेपालले ती सवैलाई निस्तेज पार्न शान्ति कायम गरी जनताको अधिकार स्थापित गर्न सकेकोमा खुशी व्यक्त गरे । नेपाललगायत सम्पूणर् मुलुकमा बुद्ध र गान्धीको अहिंसावादी चिन्तन अत्यावश्यक भएको चर्चा उनले कार्यक्रममा गरेका थिए ।

सम्मानित व्यक्तित्व राजगोपाल पीभीले शान्ति स्थापना गर्न नेपालले उदाहरणीय काम गरेको चर्चा गर्दै अन्य मुलुकमा अहिंसा पछि अहिंसा कायम नै रहेको तर नेपालले १२ वर्षको द्वन्द्वलाई शान्तपूर्वक समापन गरेकोमा खुलेरै प्रशंशा गरे ।

नेपालमा पनि गान्धीको चिन्तकहरु रहेको र गान्धी चिन्तनलाई व्यवहारिक रुपमा नेपालमा ल्याउन स्व. रुद्रलाल मुल्मीले ठूलो योगदान गरेको चर्चा उनले गरे ।

भारतीय राजदुतावासमा प्रथम सचिव नविन कुमारले भारतको स्वतन्त्रताका लागि नेपालीहरुले पनि दिलोज्यान दिइ आन्दोलनमा सहभागी भएकाले नेपाल र नेपालीप्रति भारत सदैव आभारी भएको स्पष्ट पारे ।

महात्मा गान्धीको विचार र समाज रुपान्तरण विषयक गोष्ठीमा आफ्नो विचार प्रस्तुत गर्दै मानवअधिकार रक्षक गौरी प्रधानले गान्धी चिन्तनलाई व्यवहारिक रुपमा उतार्न रुद्रलाल मुल्मी सफल भएको र गान्धीले जस्तै खाडी आन्दोलन, चर्खा प्रचारक, दलित मुक्तिलगायतका क्षेत्रमा स्व.मुल्मीले संस्मरणीय कार्य गरेको चर्चा गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बास्तोलाले गान्धीको चिन्तनको प्रेरणाले गर्दा नै विश्वमा अहिंसात्मक आन्दोलनबाट विभिन्न मुलुकले ठूला ठूला तानाशाहीबाट मुक्त पाएको चर्चा गरिन् । नेपालमा पनि २०४६ साल र ६२/६३ सालको आन्दोलन कहिं न कतैबाट गान्धीको विचारधाराबाट प्रेरित भएको उनले बताइन् ।

गान्धी अध्येता शंकर तिवारीले विश्व इतिहासमा महात्मा गान्धी सिद्धान्तको प्रतिपादक मात्र नभएर युगका महान नेता पनि भएको दृष्टान्त पेश गरे । दोस्रो विश्वयुद्धको विभीषिकाबाट त्रसित विश्वलाई अहिंसाको मार्गबाट पनि परिवर्तन सम्भव छ भन्ने विश्वस्त गराउन गान्धी सफल भएको चर्चा तिवारीले गरे ।

वरिष्ठ मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठले रुद्रलाल र गान्धीले मानवताको लागि गरेको र उनीहरुले गर्दा अहिले शान्तिपूर्वक जनताले काम गर्न पाएको बताए ।

आयोजक समितिका अध्यक्ष शान्तलाल मुल्मीले अहिंसा र शान्तिको पाठ विद्यालयस्तरबाटै शुरु गर्नुपर्ने चर्चा गरे ।

CG Electronics
रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक...

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:५३

  काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को...

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल राख्नुपर्नेमा जोड

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल...

वि.सं.२०८२ माघ २२ बिहीवार २१:१६

  काठमाडौं । पछिल्लो समय डेटा साइन्स, मसिन लर्निङ, एआई...

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद चौधरी

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १७:३०

  आगामी फागुन २१ को आम निर्वाचनको सन्दर्भमा नवलपरासी–१ अन्तर्गत...

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस कटिबद्ध: विनोद चौधरी

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस...

वि.सं.२०८२ माघ २१ बुधवार १६:१४

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली...

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद चौधरी

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १६:११

  काठमाडौ । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १...

नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” सार्वजनिक

नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ...

वि.सं.२०८२ माघ २१ बुधवार १२:१४

  काठमाडौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल...