nic bank
himalayan everesat
Nmb bank

आर्थिक अवस्था सबल बनाउन प्रणाली व्यवस्थित गर्नुपर्छ : अध्यक्ष हमाल

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालको आर्थिक प्रणालीलाई दीर्घकालीन रुपमा सबल र सन्तुलित बनाउन माइक्रो र साना मिडियमका इन्टरप्राइज (एमएसएमइज) का लागि उल्लेखनीय रुपमा प्रोटोकल, प्रणाली र सम्पूर्ण इकोसिस्टम विकास गर्नु अत्यावश्यक भएको बताएका छन् ।

नेपालमा अर्थतन्त्र समस्यामा पर्नुमा समग्रमा ‘माइण्डसेट’ र काम गर्ने प्रणालीमै समस्या भएकाले त्यसलाई सुधार्न अत्यावश्यक भएको उनको धारणा छ ।

आज काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजनको) २७औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा हमालले अर्थतन्त्रलाई दीगो रुपमा सन्तुलित सबल बनाउन कार्य गर्ने प्रणालीमै सुधार आवश्यक भएको बताए ।

धेरै तहबाट लिनुपर्ने लगानी स्वीकृतिको कारण पनि नेपालमा लगानी कम आएको उनको भनाई छ ।

उनले भने, ‘हाम्रो एफडिआई चाहे त्यो बाह्य लगानी होस् या लोकल, लगानीमा हाम्रो समग्र माइण्डसेट र जुन कार्य गर्ने प्रणालीमै समस्या छ । सार्वजनिक वा बाह्य संस्था, कार्य सम्पन्न गर्न सक्ने वर्क कल्चर, वर्क बेस रिसर्च, गहन अध्ययन र प्रणालीको विकास गर्ने कुराको अभाव हामीकहाँ छ । यसमा अध्ययन अनुसन्धान गरी कार्यान्वयनमा जानुपर्ने छ ।’

संसारका कतिपय मुलुकहरु एफडिआइ सम्बन्धी स्वीकृति लिन ‘अप्रुभल सिस्टम’ धेरै देशमा कम रहेको भन्दै उनले नेपालमा ‘मल्टिपल लेयर अफ अप्रुभल सिस्टम’ ले गर्दा पनि लगानी भित्र्याउन चुनौती छ । लगानी के हो ? किन हुन्छ र इन्टरप्राइज कसरी हुर्किन्छ भन्ने बुझाइमा पनि अलिकति कमी देखिन्छ । त्यसैले माइण्डसेट र कार्य गर्ने प्रणालीमा हामीले उल्लेख्य प्रगति गर्नुपर्ने हुन्छ । सानोतिनो प्रगतिले केही हुनेवाला छैन ।’

उनले नेपालको अर्थतन्त्रलाई नयाँ युगमा पुर्याउनका लागि साना तथा मझौला व्यवसाय हुर्कन सक्ने सम्पूर्ण वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

‘विशेषगरी नेपालको अर्थिक प्रणालीलाई दीर्घकालीन रुपमा सवल सन्तुलित बनाउन नेपालको माइक्रो र स्मल मिडियम इन्टरप्राइजको लागि सम्पूर्ण इकोस्टिम निर्माण गर्न जरुरी छ । विकसित देशको अर्थ इकोसिस्टम पनि एमएसएमइज ९० प्रतिशत अर्थतन्त्र हो देशको । नेपालको अर्थतन्त्रलाई अर्को युगमा प्रवेश गराउन एमएसएमइजमा उल्लेखनीय प्रोटोकल, प्रणाली र सम्पूर्ण इकोसिस्टम विकास गर्नु अतिआवश्यक छ’ हमालले भने ।

साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ

साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५८

  काठमाडौं । अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै...

श्रमाधान कल सेन्टरलाई प्रभावकारी बनाउन कार्यविधि जारी

श्रमाधान कल सेन्टरलाई प्रभावकारी बनाउन कार्यविधि जारी

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:०१

  काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान...

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१९

  काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिरकलाई नागरिक...

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको प्रेस संयोजकमा विशाल गैरे

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:०९

  संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

वि.सं.२०८१ वैशाख १६ आइतवार १९:२७

    काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो...

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:४४

  काठमाडौं, १६ वैशाख- अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा...