Nabil Bank
Everest Bank Limited
prabhubank

श्रीमद्भागवतको आठौं स्कन्धमा चर्चा गरिएको झापाको बाह्रदशीमा विशाल महायज्ञ हुँदै

मिडिया स्पेस सोलुसन्स प्रालि

 

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥
परित्राणाय साधुनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थानार्थाय सम्भवामि युगे युगे ॥

हे भरतवंशी अर्जुन ! जहाँकहाँ र जहिलेतहिले धर्मको पतन र अधर्मको उत्थान हुन थाल्दछ त्यसत्यस समय र त्यसत्यस ठाउँमा म अवतार लिन्छु । भक्तहरूको उद्धारका लागि तथा दुष्टहरूको विनाशका लागि र धर्मको लागि म हरेक युगमा अवतार लिन्छु ।

माथी उल्लेखित महाभारतको श्लोकले धेरै कुराको संकेत गरेको छ। सभ्य समाज निर्माण र नागरिक दायित्वको बोध गराएको छ। हो, यस्तो बोधले अभिप्रेरित भएर झापाका सचेत नागरिक जुरूक्कै उठेका छन् ।

झापा जिल्लाकै पुरानो, ऐतिहासिक र पौराणिक महत्व बोकेको ठाउँ बाह्रदशीमा मंसिर १८ गते सोमवारदेखि २६ गते सम्म “श्रीमदभागवत धनधान्याचल राष्ट्रशान्ति पुर्वान्चल धार्मिक महामहोत्सव” हुँदैछ। उक्त महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम तय भएको छ। बाह्रदशी-६ कन्चनगढधाम, साधुकुटीमा सुप्रसिद्ध कथावाचक श्री ईश्वर कृष्ण महाराज ज्युको मुखारविन्द बाट वाचन हुने अनुष्ठानका सरिक हुन झापा पुग्नेको संख्या बढ्न थालेको पाईएको छ।

बाह्रदशी श्रीमद्भागवतको आठौं स्कन्धमा समेत समाबिष्ट ठाउँ भएकाले यसको विशिष्ठ महत्व छ। सामरिक महत्वका दृष्टिले समेत महत्व भएका कारण हुनसक्छ कुनै समय यहाँ प्रशासनिक कार्यालयहरु समेत थिए । भूगोलका हिसाबले पनि अत्यन्त उपयुक्त थलो भएकाले हुनसक्छ बाह्रदशीमा आठ दशकअघि नै बसोबास थियो । पौराणिक तथ्यले समेत स्थापित सो क्षेत्रको महत्व देशदेशावर फैलाउन अनुष्ठान कोशेढुङ्गा सावित हुने धार्मिक क्षेत्रका अगुवाले ठहर गरेक छन् । संस्कृती मन्त्री सुदन किराँती समेतले महायज्ञ सफलताको शुभकामना दिदै सन्देश पठाएको महायज्ञको सुचना प्रविधिको जिम्मेवारी सम्हालेका सुशील अधिकारीले बताए।

महायज्ञ मूल समारोह समितीका संयोजक ज्ञानु सुबेदीका अनुसार गुरुकुल बचाउन आयोजित महायज्ञको तयारी पूरा भएको छ। महायज्ञ सगै तीन दिन धार्मिक मेला समेत संचालन गरिने सुबेदीको भनाई छ।

गौरीशङ्कर शिवालय गायत्रीस्वरूपाश्रम एवं गुरुकुल संचालन गर्दै आएका तथा राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महा-महोत्सव सम्पादन समितिका संयोजक सुबेदीका अनुसार अहिले गुरूकुल लोप हुने अबस्थामा छ । उनका अनुसार गुरुकूल शिक्षामा धर्म, संस्कार र संस्कृति सिकाइन्छ। प्राचीनकालदेखिको प्रभावशाली शैक्षिक प्रणालीका रूपमा गुरुकूल शिक्षालाई लिने गरिन्छ। गुरुको आश्रममा गएर शिक्षा लिइने पद्धतिलाई गुरुकूल शिक्षाका रूपमा बुझिन्छ।

अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन : गभर्नर

अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन :...

वि.सं.२०८१ असार ११ मंगलवार ०७:५१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले व्यवसायहरू...

सरकारले दक्ष र व्यवसायिक व्यक्तिलाई छिट्टै धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्छ : अर्थमन्त्री

सरकारले दक्ष र व्यवसायिक व्यक्तिलाई छिट्टै धितोपत्र...

वि.सं.२०८१ असार ११ मंगलवार ०७:४६

    काठमाडौँ, १० असार– अर्थमन्त्री वर्षमान पुन अनन्तले दक्ष...

एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स (EIMUN) २०२४ काठमाडौंमा

एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स (EIMUN) २०२४...

वि.सं.२०८१ असार १० सोमवार २०:३३

  २०८१ असार १०, काठमाडौं- एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स...

आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ : अर्थसचिव मरासिनी

आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ :...

वि.सं.२०८१ असार १० सोमवार ०७:५८

    काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर ७...

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

वि.सं.२०८१ असार ९ आइतवार १५:४७

    काठमाडौं । सरकार तथा बैंक तथा वित्तीय संस्थाका...

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैन : पूर्व बैंकर क्षेत्री

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु...

वि.सं.२०८१ असार ९ आइतवार १५:३५

    काठमाडौं । पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक...