Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सीईओमा बाबुराम शर्मा नियुक्त

 

काठमाडौँ – आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बाबुराम शर्मा नियुक्त भएका छन् ।

भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रुपमा साढे तीन बर्ष अगाडी प्रवेश गरेका शर्मालाई मंगलवार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।

डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका शर्मा आईएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका थिए। पछि फाइनान्स बैंकसंग मर्ज भएपछी बैंक हुँदै ४ बर्ष आईएमई मोटर्स बिरगंजको प्रमुख समेत भएर काम गरीसकेका छन् ।

सरकारी जागीर छोडेर बैङ्किङ सेवातिर लागेका उनले बैंकिङ्ग र अटोमोबाइल क्षेत्रमा विशेष दख्खल राख्छन। त्रिभुवन बिश्वविद्यालयबाट अर्थशात्र र अंग्रेजीमा स्नातकोत्तर गरेका उनले म्यानेजमेन्ट डेभलमेन्ट कलेज (म्यान) बाट ईएमबीए समेत गरेका छन् ।

आइएमई ग्रुप अन्तर्गतको वित्तिय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोवार गर्न इजाजत प्राप्त संस्था हो । ३० करोड चुक्ता पुँजी रहेको कम्पनीले अहिले बजारमा दुई अर्व भन्दा बढी लगानी गरेको छ।

लगातार ४ बर्ष देखि नाफामा रहेको कम्पनीलाई आगामी दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र छिट्टै आईपिओ समेत निस्कासन गर्ने तयारी रहेको बुझिएको छ।

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता...

वि.सं.२०८२ असार ८ आइतवार १७:१६

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ असार ७ शनिवार २२:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण...

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई आमा हस्पिटलमा ५०% सम्म छुट

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई...

वि.सं.२०८२ असार ७ शनिवार २२:२५

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले...

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड...

वि.सं.२०८२ असार ७ शनिवार २१:५३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड...

सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र फिटनेस सेवामा छुट

सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र...

वि.सं.२०८२ असार ७ शनिवार २१:४५

  काठमाडौं । सानिमा बैंकका ग्राहक र कर्मचारीका लागि गोरखामा...