CG Electronics
IME Life
NIMB

सम्झौता पश्चात् हरायो अपि पावर, हरित हाईड्रोजन उत्पादन परियोजना अल्पत्र

NIMB
Himalayan Bank

 

सरकारले यसै साता हरित हाइड्रोजन नीति पारित गर्यो । यो नीति पारित गरेसँगै ग्रिन हाइड्रोजन अर्थात हरित हाइड्रोजनका लागि नेपालमा सम्भावनाको ढोका खुलेको छ ।

तर, हरित हाइड्रोजन उत्पादन गर्न भारतीय कम्पनी ग्रिनजो इनर्जी प्राइभेट लिमिटेडसँग २०७९ साउन १ गते सम्झौता (एमओयू) गरेको अपी पावर कम्पनी लिमिटेड अहिले हराएको छ ।

यो कम्पनीले हरित हाइड्रोजन उत्पादन गर्नकै लागि शेयर निष्कासन गरेर नागरिकबाट रकम उठाएको पनि थियो । तर, सरकारले नीतिसमेत पारित गरिसक्दा अपी पावर हाइड्रोजन उत्पादनका लागि तदारुकता देखाउन चाहदैन ।

हरित हाइड्रोजन उत्पादनका लागि के भएको थियो सम्झौता ?
अपि पावर कम्पनी लिमिटेड र हरित हाइड्रोजनमा काम गर्दै आएको भारतको ग्रिनजो इनर्जी मिलेर नेपालमा ५० मेगावाटको आयोजनामार्फत हरित हाइड्रोजन उत्पादन गर्ने सम्झौता भएको थियो । जसमा १००० करोड लगानी रहने कुरा उल्लेख छ ।

सुरुमा १ मेगावाटको पाइलट आयोजनाबाट काम सुरु गर्ने र पछि ५० मेगावाटको सोलारबाट हरित हाइड्रोजन तथा अमोनिया उत्पादनको प्रक्रिया अगाडि बढाइएको अपि पावरले दाबी गरेको थियो । तर नीति नहुँदा कठिनाइ भएको भन्दै अपी पावर उदासिन बन्दै आएको थियो ।

सरकारले नीति पारित गरिसक्दा पनि अपी पावरका प्रबन्ध निर्देशक सञ्जिव न्यौपाने सम्पर्कमा छैनन । उता, ग्रिनजो इनर्जी इण्डियाले गुजरातको सानन्दमा हाइड्रोजन प्लान्ट स्थापना गरेर काम नै सुरु गरिसकेको छ ।

नेपालमा नीति पारित भएपछि उसले सम्झौता अनुसार अपीसँग नेपालमा पनि उत्पादनका लागि काम थाल्ने प्रयास अघि बढाएको छ । ग्रिनजोका प्रबन्ध निर्देशक सन्दीप अग्रवालका अनुसार अपीका प्रबन्ध निर्देशक न्यौपाने पनि नेपालमा हाइड्रोजन नीति आएकोमा खुशि भएको कुरा व्यक्त गरेका छन् ।

तर आयोजनाको काम कहिलेबाट शुरु गर्छन् त्यसमा कुनै जानकारी दिएका छैनन् र उनका अनुसार अपि पावर नेपालको हाइड्रो पब्लिक कम्पनी हो र अपि नै नेपालको पहिलो हाइड्रोजन उत्पादक कम्पनि बन्ने छ ।

अपि पावरले २०७९ साउन १ गते ग्रिनजो इनर्जीसँग सम्झौता गर्दा दार्चुलामा निर्माण भएको ८.५ मेगावाटको नौगाड गड जलविद्युत आयोजनालाई आधार मानी १ मेगावाट विद्युत भण्डारण गर्न सक्ने हाइड्रोजन प्लान्ट विकास गर्ने उल्लेख थियो ।

त्यसबाहेक अमोनिया समेत उत्पादन गर्ने गरी ५० मेगावाटको सोलार प्लान्ट छनोट भएको पनि दाबी गरिएको थियो । ग्रिनजो इनर्जी जोडिएपछि नेपालमा हरित हाइड्रोजनको लगानी बढाउन सकिने प्रबन्ध निर्देशक अग्रवालले बताउनुभएको थियो ।

ग्रिनजोकै अग्रसरतामा अपि पावरले चन्द्रनिगाहपुरमा निर्मित ४ मेगावाट र १ मेगावाटको सिमरा सोलारको आयोजनामा हाइड्रोजनको प्लान्टका लागि प्रारम्भिक अध्ययन गर्ने दाबी गरेको थियो ।

युरोपमा विकसित प्रविधिलाई भारतले व्यावसायिकरूपमा विस्तार गर्न लागेको हुँदा यसलाई सजिलै नेपालमा स्थानान्तरण गर्न सकिनेगरी ग्रिनजोले काम गर्ने योजना बनाएको थियो ।

तर, अपी पावर नीति बनेपछि पनि चुप लागेर बसेको देख्दा आफ्नो शेयर भ्यालू बढाउन मात्र ग्रिनजोसँग हाइड्रोजनको सम्झौता गरेको देखिन्छ । जबकी अपि पावर र ग्रिनजो मिलेर नेपालमा ५० मेगावाटको हरित हाइड्रोजन, अमोनिया देखि युरिया सम्म उत्पादन गरि परियोजना विकास गर्ने योजनामा थिए ।

दुई कम्पनीबीचको एमओयूपछि अपीको शेयर भ्यालू ह्वात्तै बढेको थियो । २०७९ साउन १ गतेमा सम्झौता गरेको अपि पावरले माघ २ गते मात्र अपीले १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

२०७९ पुस २१ गते अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गर्यो । कम्पनीले त्यसबेला कायम गरेको चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९४७ नगद लाभांश गरि ७.८९४७ बितरण गर्यो ।

त्यसबेला कम्पनीको चुक्ता पुँजी ३८४.४९ करोड रहेको थियो । यो अझै बढेको छ । कम्पनीका अध्यक्ष सतिश न्यौपाने र प्रबन्ध निर्देशक सन्जीव न्यौपाने नै अपिमा नागरिकले राखेका विश्वास भत्काउन लागि परेका जस्तो देखिन्छ यसमा सरकारले उनीहरुको नियतमा छानबिन गर्दैन ?

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...