CG Electronics
Ncell NPL
NIMB

मुलुक आत्मनिर्भर बन्न आर्थिक विकास जरुरी छ : मन्त्री साउद

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले देश आत्मनिर्भर नभएसम्म स्थायीत्वको विकास हुन नसक्ने बताएका छन् ।

सोमबार नेपाल–भारत मैत्री चिकित्सा सम्बन्धी तीन दिने शिविरको समापन कार्यक्रममा बोल्दै मन्त्री साउदले आत्मनिर्भर हुन सरकारले आर्थिक विकासको क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘जबसम्म देश आफ्नो खुट्टामा उभिन सक्दैन अर्थात आत्मनिर्भर हुन सक्दैन, मुलुकले विकासको गति लिन सक्दैन् । भारत र नेपालबिच परनिर्भरता पनि त्यतिकै छ ।

मुलुकलाई आत्मनिर्भर बनाउन आर्थिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने हुन्छ ।’

भारत छिमेकी मित्रराष्ट्र भएको नाताले नेपालका समस्याहरु समाधान गर्ने दायित्व भारतको पनि रहेको उनको भनाई थियो ।

मन्त्री साउदले सन् २०१९ पछि पहिलो पटक नेपालमा १० लाख विदेशी पर्यटक भित्रिएको बताउँदै नेपालका पुरातात्वीक सम्पदा र अन्य भौतिक पूर्वाधारको विकास गर्नसके लाखौं भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने बताए ।

उनले भने, ‘हामीसँग प्रतिष्ठित तीर्थस्थलहरु छन् । ती तिर्थस्थलहरुको विकास गरे भारतीय पर्यटकहरुलाई भित्र्याउन सक्यौं भने हाम्रो अर्थतन्त्र माथि उठ्न टेवा पुग्नसक्छ ।’

कुनैबेला भारतले ठूलो आर्थिक चपेटाको सामना गरेको भन्दै धार्मिक र पर्यटन क्षेत्रको विकासका कारण विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक भएको उल्लेख गरे ।

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:०७

  काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को...

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक सम्मान सम्पन्न

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक...

वि.सं.२०८३ वैशाख २ बुधवार ०९:१२

  भक्तपुर। हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु पारिवारिक भेटघाट...

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छ : वस्नेत

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड...

वि.सं.२०८२ चैत ३० सोमवार २३:४९

  काठमाडौं । बुद्ध एयरले आफ्ना यात्रुका लागि नयाँ माइलेस...

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको भरोसाको सारथी

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको...

वि.सं.२०८२ चैत २९ आइतवार १३:५६

काठमाडौं । हरेक बिहान एउटा आमा आफ्नो बच्चालाई स्कुल जान...