Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

हिसान स्पोर्टस् : बास्केट बलमा विकेभिएम, दौडमा मेरिल्याण्ड र अर्किड उत्कृष्ट

 

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तर्गत भएको बास्केट बलको उपाधि विकेभिएम स्कुलले हात पारेको छ । दौड प्रतियोगिताको उपाधि मेरिल्याण्ड कलेज र अर्किड कलेजले जितेका छन् ।

दिल्ली पब्लिक स्कुलमा भएको बास्केटबल प्रतियोगितामा विकेभिएम स्कुल विजयी हुँदै उपाधि हात पारेको हो । विकेभिएमले शिक्षादिप कलेजलाई ७४–२८ को स्कोरले पराजित गर्यो ।

फाइनल खेलको म्यान अफ दि म्याच प्लेअर विकेभिएमका आकाश चौधरी घोषित भए ।

मंगलबार भएको दौडमा अर्किड कलेजले १ सय मिटर छात्र, १ मिटर छात्रा र २ सय मिटर छात्रामा प्रथम स्थान हात पारेको छ भने मेरिल्याण्ड कलेजले २ सय मिटर छात्रमा प्रथम भएको छ ।

सय मिटर दौडतर्फ छात्रमा अर्किडका महमद सहमदले प्रथम स्थान हासिल गर्दा मेरिल्याण्डका राजकुमार चन्द्रवंशी दोस्रो र शिक्षादिपका निश्चल श्रेष्ठ तेस्रो भए ।

सोही स्पर्धातर्फ छात्रामा अर्किडकी प्रियंका थन्दार प्रथम, शिक्षादिपका नेहा मण्डल दोस्रो र कान्तिपुरकी भुमिका चौधरी तेस्रो भइन् ।

त्यसैगरी २ सय मिटर दौडको छात्रतर्फ मेरिल्याण्डका राजकुमार चन्द्रवंशी प्रथम, कान्तिपुरका नितिस राजवंशी दोस्रो र शिक्षादिपका सुमित आर्याले तेस्रो स्थान हासिल गरे भने छात्रातर्फ अर्किडकी समीक्षा आचार्य, प्रथम, सिद्धाथकी तुलसा खतिवडा दोस्रो र चाहना पोखरेल तेस्रो भइन् ।

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...