Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मैले ड्याङड्याङ मिसाइल हान्दिने हो : ओली

 

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका पक्षमा बोल्दा आफू अनियन्त्रित हुनु कमजोरी भए विचारमा त्रुटि नभएको बताएका छन् ।

आफ्ना विभिन्न सन्दर्भ संगृहीत पुस्तक ‘संसदमा केपी शर्मा ओली’ को मंगलबार राजधानीमा भएको लोकर्पण कार्यक्रममा उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

लोकतन्त्रलाई नेताहरुले ठगी खाने भाँडो बनाउन नहुने तर्क गर्दै आफूले अविचलित रुपमा देश, जनता र सुशासनको पक्षमा अत्यन्तै निष्ठापूर्वक एकधारको राजनीति गर्दै आएको दाबी उनले गरे ।

राजनीति लोकतन्त्रको लागि चाहिने र लोकतन्त्र जनताको लागि भएको उल्लेख गर्दै उनले नेताले त्यसलाई ठगी खाने भाँडो बनाउन खोजे लोकतन्त्र नटिक्ने बताए ।

उनले भने ‘राजनीति केलाई चाहिन्छ भन्दा लोकतन्त्रलाई चाहिने हो । लोकतन्त्र जनता र समाजलाई देशलाई चाहिन्छ । जसले समाज,देश र जनताको लागि काम गर्दैन दुई चार जना नेताको ठगीखाने भाँडो हुन्छ लोकतन्त्र भने त्यो लोकतन्त्र फेरि टिक्दैन ।’

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने उल्लेख गरेका उनले कहिलेकाँही लोकतन्त्रले नै धक्का खाने बताए । तर, आफूले निरन्तर संसदमा बोल्दा लोकतन्त्र र जनताको पक्षमा बोलेकोे भनाइ उनको छ । ओलीले संसदमा बोल्दा वा आफ्नो भाषण गर्दाका समय विचार उत्तेजक भए पनि आफूले लोकतन्त्र र जनताको पक्षमा बोल्ने क्रममा अनियन्त्रित हुने गरेको स्वीकारे ।

पूर्ववक्ताले उनीप्रति ‘अनकन्ट्रोल मिसाइल’ जस्तै भाषण गर्ने व्यक्ति जस्तो लाग्छ भनेर गरेको टिप्पणीप्रति ओलीले भने, ‘दाहालजीले मलाई अनकन्ट्रोल मिसाइल भनेजस्तै मैले ड्याङड्याङ मिसाइल हान्दिने हो, त्यस पाराले बोलेँ ।

तर, यसको अर्थ सावधानीको कमी हो मेरो विचारमा त्रुटि होइन । मैले ठिक ठाउँमा ताकेर मिसाइल हानेको छु । तर, एउटा हान्दा पुग्ने ठाउँमा पाँच सातवटा हानेँ ।’

उनले विभिन्न कालखण्डमा अविचलित रुपमा अत्यन्तै निष्ठापूर्वक देश, जनता र सुशासनको पक्षमा राजनीति गर्दै आएको दाबी गर्दै उनले त्यही धारलाई निरन्तरता दिने बताए ।

‘मैले राजनीति गर्दादेखि अहिलेसम्म अत्यन्तै निष्ठाको साथ गरेको छु र एक धारमा मेरो विचारहरुको प्रवाह भएको छ । चाहे त्यो ४८ साल होस्, ५८ साल होस्, ६८ होस्, ७८ होस् । चाहे आगामी दिनमा होस् । त्यो एउटै धारमा मेरो राजनीति गएको छ । त्यो देश, जनता र सुशासनप्रति निष्ठाको धारमा गएको छ,’ ओलीले भने ।

आफ्ना लागि देश र जनताभन्दा ठूलो अरु केही नभएको उल्लेख गर्दै उनले राजनीतिभन्दा माथि देशको हित पार्नेगरी नीति बनाउनुपर्नेमा जोड दिए ।

उनले संसद र बाहिर जहाँ बोले पनि आफूलाई माथि पार्न नभएर देश र जनतालाई माथि पार्न बोलेको चर्चा गरे ।
उनले आफू मतभारमा नअल्झिएको जिकीर गर्दै उनले भने, ‘म कुनै मतभारमा अल्झिएको छैन ।

मतभारभन्दा ठूलो कुरा देश हो जनता हो । देश र जनताका हितका निम्ति नीतिहरु बन्नुपर्दछ । नीतिका कारण देश र जनताका हितमा बोल्न सकिँदैन भन्ने हुँदैन । देशको हित जेसुकै होस् पहिले आफ्ना नीति पुष्टि गर्ने भनेर गरेका कामहरु मूर्खतापूर्ण हुने गर्दछन्,’ उनले भने, ‘त्यस्तो कुराले आफ्ना कुरा माथि पर्ने काम हुन्छ तर, देश माथि पर्दैन तल पर्छ ।

मैले भन्ने गरेको छु, आफ्ना कुरा माथि पर्ने काम नगरौं, देशको हितलाई माथि पर्ने काम गरौं, जनतालाई माथि पार्न तर्क गरौं ।’
लोकार्पण गरिएको कृतिमा ओलीले आजसम्म संसदमा बोलेका विषयवस्तुलाई संगृहीत गरिएको छ ।

 

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर पौडेल

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर...

वि.सं.२०८२ असार २२ आइतवार २१:३८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका १६ सय नयाँ योजना पूरक प्रस्तावमार्फत समावेश

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२७

  हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३...