Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मकवानपुर गोल्डकप फुटबल सुरु

मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

हेटौंडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा सुरु भएको प्रतियोगितामा वाग्मती युवा क्लब सर्लाहीले विजयी यात्रा सुरु गरेको छ ।

उद्घाटन खेलमा वाग्मतीले पाहुना टोली पारो एफसी क्लब भुटानलाई ३–१ गोलअन्तरले पराजित ग¥यो । वाग्मतीको जितमा राज भुसालले २ तथा सृजन गौतमले एक गोल गरे ।

भुसाल र गौतमले खेलको पहिलो हाफमा एक÷एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १६औं मिनेटमा गौतमले थप एक गोल गर्दै वाग्मतीको जित सुनिश्चित गरे । खेलको अन्तिम चरणमा भुटानका तर्फबाट सृजुब दोर्जीले सान्त्वना गोल गरेका थिए ।

प्रतियोगितामा भुटानले केही राम्रा अवसर पाएको भए पनि गोल गर्न नसक्दा निराश हुँदै घर फर्किन बाध्य भएको छ । खेलको म्यान अफ द म्याच वाग्मतीका राज भुसाल घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे ।

माघ २७ गतेसम्म सञ्चालन हुने छैटौं संस्करणको मकवानपुर गोल्डकपमा १२ टोलीको सहभागिता छ । प्रतियोगितामा बुधबार न्युरोड फुटबल क्लब (एनआरटी) र हिमालयन शेर्पा खेल्दैछन् ।

मकवानपुरका स्थानीय तहहरूको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख पाउने छ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात पार्नुका साथै विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जनाइएको छ ।

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...