Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कृषि सामग्री कम्पनीको प्रबन्ध संचालकमा बिष्णु प्रसाद पोखरेल नियुक्त

 

काठमाडौं । कृषि सामग्री कम्पनीको प्रबन्ध संचालकको पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट प्रतिस्पर्धिहरुलाई पछि पार्दै आफूलाई अब्बल साबित गर्दै विगतको अनुभवबाट कम्पनीलाई थप योगदान गर्ने महत्वकांक्षा सहित आज माघ १८ गतेको संचालक समितिको निर्णयानुसार प्रबन्ध संचालकमा बिष्णु प्रसाद पोखरेल नियुक्त हुनु भएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडको शाखा अधिकृतको पदमा मिति २०५२ साल जेष्ठ २१ गते सेवा प्रवेश गरि कम्पनीको जिल्लास्थित बिभिन्न शाखा एवम् क्षेत्रीय कार्यालयहरु र कम्पनीको प्रधान कार्यालय स्थित योजना तथा जनशक्ति व्यवस्थापन महाशाखा, खरिद महाशाखा, बितरण व्यवस्था महाशाखा, आर्थिक महाशाखामा महाशाखा प्रमुखको जिम्मेवारीमा रहेर कम्पनीलाई महत्वपुर्ण योगदान गर्नु भएको थियो ।
बिष्णु प्रसाद पोखरेलले लामो समय कम्पनीको सूचना अधिकारी र प्रवक्ताको समेत जिम्मेवारीमा रहेर कार्य गर्नु भएको थियोे । मिति २०७९ चैत्र ३ गते देखि का। मु। प्रबन्ध संचालकको जिम्मेवारी पाउनु भएका पोखरेलले आफ्नो का। मु। को जिम्मेवारी कुशलता पुर्वक सम्हालेका थिए ।
विगत लामो समय देखि रासायनिक मलमा देखिने आपुर्तिको समस्या र अभावलाई चिर्दै सहज आपुर्ति गर्दै कृषि उपजको उत्पादन वृदिमा महत्वपुर्ण योगदान गर्नु भएको छ।

बिगतमा खरिद महाशाखामा प्रमुखको रुपमा रहदा स्टान्डर्ड बिड डकुमेन्ट तयार गरी लागू गर्नु भएको, योजना महाशाखा प्रमुखको रुपमा रहदा कम्पनीको जग्गा जमिन जस्ता भौतिक सम्पति भाडामा लगाएर समुचित संरक्षणमा योगदान गर्नु भएका पोखरेल कम्पनीको प्रबन्ध संचालकको पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट प्रतिस्पर्धिहरुलाई पछि पार्दै आफूलाई अब्बल साबित गर्दै विगतको अनुभवबाट कम्पनीलाई थप योगदान गर्ने महत्वकांक्षा सहित मिति २०८० साल माघ १८ गतेको संचालक समितिको निर्णयानुसार प्रबन्ध संचालक नियुक्त हुनु भएको छ।
प्रशासनिक कार्य कुशलतामा अब्बल पोखरेलबाट नेपाल सरकार र नेपाली जनताले उनको कार्यकालमा धेरै नै सकरात्मक नतिजाको अपेक्षा गरेका छन् ।

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...