सारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले ओमडाको ई-५ मोडल सार्वजनिक

Friday Feb 02, 2024
वि.सं.२०८० माघ १९ शुक्रवार ०२:०१

काठमाडौं । नेपाली बजारमा नयाँ विद्युतीय ब्रान्ड सार्वजनिक भएको छ। सारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले ओमडाको ई-५ मोडल सार्वजनिक गरेको हो।
नयाँ शोरूम उत्तरढोकामा छ। सीतापाइलामा प्रविधिक सेन्टर रहेको कम्पनीले जनाएको छ।
एसपीजी अटोमोबाइल्सका प्रवन्ध निर्देशक गौरव सारडाले केही महिनाभित्रै देशभर १२/१५ शोरूम विस्तार गर्ने बताएका छन्। गाडीको सुरूवाती मूल्य ५९ लाख ४९ हजार तोकिएको छ।
ओमाडा ई-५ मा ९९ किलोवाट मोटर पावर हुने भएको छ। यसले ३४० एनएम टर्क उत्पादन गर्न सक्छ। साथै ग्राउन्ड क्लियरेन्स १८० एमएम हुनेछ। गाडीमा ६१ किलोवाट आवर ब्याट्री प्याक उपलब्ध छ।
एक पटकको फुल चार्जमा ४३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
ओमोडा ई-५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, सोनिको प्रिमियम ८ वटा स्पिकरसहितको क्रोम डोर ह्याण्डल, इलेक्ट्रिक सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर छन्।