Nabil Bank
prabhubank
nic bank

सेयर बजार सुधार, कारोबार रकम भने अढाइ अर्ब पनि पुगेन

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । तीन दिनपछि सेयर बजार कारोबारमा सोमबार सुधार आएको छ । नेप्से १४.५७ अंकले बढेर परिसूचक २०७६.२७ पुगेको छ ।

२ सय ४७ कम्पनीमध्ये १ सय ४८ का सेयर मूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् । ८६ वटाको कम्पनीको भने घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

सोमबार कमाउनेमा नेपाल टेलिकमका लगानीकर्ता रहे । सेयर मूल्य सर्किट लागेर बढ्दै प्रति कित्ता ९ सय ५१ रुपैयाँ ५० पैसामा कारोबार भएको छ ।

यस्तै पिपुल्स पावरको पनि सेयरमा सर्किट लागेको छ । उक्त कम्पनीको सेयर बढेर प्रति कित्ता ३ सय ६३ रुपैयाँमा किनबेच भएको छ । समाज लघुवित्त र जोशी हाइड्रोपावरको सेयरमा पनि बढेर सर्किट लागेको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा लगातार हिमालयन रिइन्स्योरेन्स नै छ । उक्त कम्पनीको १८ करोड ५९ लाखको सेयर कारोबार भएको छ ।

१५ करोड ४६ लाखको कारोबार भएको ज्ञादी ग्रुप अफ पावर दोस्रो र ८ करोड २३ लाखको कारोबार भएको हाथवे इन्भेस्टमेन्ट तेस्रो स्थानमा रह्यो ।

सोमबार ७४ लाख ९१ हजार ३ सय ३ कित्ता सेयर किनबेच भएको छ । ५६ हजार ७ सय ७५ कारोबारमा रकम २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २ सय ५४ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

‘श्रमाधान रोजगार मेला’को समुद्घाटन समारोह अज, तयारी भव्य

‘श्रमाधान रोजगार मेला’को समुद्घाटन समारोह अज, तयारी...

वि.सं.२०८१ जेठ १७ बिहीवार १०:२७

  विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट समुद्घाटन हुने ‘श्रमाधान...

बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्ने लक्ष्य लिनु अहिलेको समयमा उपयुक्त : विज्ञ सुवेदी

बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्ने लक्ष्य...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०९:४३

  काठमाडौं । सार्वजनिक वित्त क्षेत्रका विज्ञ बाबुराम सुवेदीले आगामी...

पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण : बौद्ध तीर्थयात्री

पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण :...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:३६

बुद्धिमान लामा, पाकिस्तान एक जीवन्त पर्यटन क्षेत्र सिर्जना गर्न अथक...

एनआईसी एशिया बैंकका कर्जा ग्राहकलाई जरिवाना र ब्याजमा छुट

एनआईसी एशिया बैंकका कर्जा ग्राहकलाई जरिवाना र...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:३१

  काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकका लागि जरिवाना...

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट ल्याएको छौं : अर्थमन्त्री

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१३

  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारलाई...

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१०

  काठमाडौं । गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले...