Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

टेलिकमको विकासमा आत्मसमीक्षा जरुरी : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको विकासको लागि आत्मसमीक्षा गर्न आवश्यक रहेका बताएकी छिन् ।
सोमबार नेपाल टेलिकमको २० औं वार्षिकोत्सव समारोहमा उनले एक अर्कालाई दोष लगाएर उम्कनसक्ने अवस्थामा नरहेको भन्दै सरकारको तर्फबाट आत्म समीक्षा गर्न नीतिगत समस्या समाधान गर्न तयार रहेको बताईन् ।

उनले भनिन्, ‘हामीले एक अर्कालाई दोष लगाएर उम्कन सक्ने अवस्थामा छैनौ, त्यसकारण गम्भीरतापूर्वक समीक्षा गरौं, सरकारको तर्फबाट हामी आत्म समीक्षा गर्न तयार छौ, नीतिगत रुपमा कहाँ के समस्याको समाधान गर्न पर्ने हो हामी तयार छौ । तर कार्य सम्पादनको सवालमा तपाईहरुले आत्मसमीक्षा गर्नुपर्छ । आत्मसमीक्षालाई मूल बनाउ अर्कालाई दोष दिने कुरा सहायक मात्र बनाऔं ।’

उनले कमजोरीलाई सुधार गर्न योजना र उर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्ने संकल्प गर्न आवश्यक भएको पनि बताइन् ।
उनले भनिन्, ‘आज हामीले अघि सारेका सेवा सुधारका योजनाहरु र आय वृद्धिमा कार्ययोजनाहरुको प्रगतिको स्मरण र मूल्यांकन गर्ने समय हो । साथै हासिल गर्न नसकेका उपलब्धीको कारण के हो त्यसको समीक्षा गर्दै कमीकमजोरीलाई सुधार गर्न योजना र उर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न संकल्प गर्ने दिन पनि हो ।’

दूरसञ्चारको क्षेत्रमा देखिने बेतिथी र अन्यौलत हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवैखालका काम अगाडि बढाइरहेको भन्दै कर्मचारीहरुको सेवा सुविधालाई व्यवस्थित गर्न आग्रह गरिन् ।

नेपाल टेलिकम नेपाल सरकारको अधिक्तम स्वामित्व भएको संस्था भएकाले सरकारको उद्देश्य र लक्ष्य पूर्ति गर्न ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नेगरि आफ्नो नीति, योजना तथा कार्यक्रम अनुसार काम गर्न निर्देशन दिइन् ।

 

कार्ययोजना र लक्ष्य अनुसार अघि बढ्दै फोरजी सेवाको विस्तार, अप्टिकल फाईबर योजनाहरु छिटो सम्पन्न गर्न, सेवाको गुणस्तरमा सुधार गर्न, आय चुहावटको नियन्त्रण गर्न पनि मन्त्री शर्माले निर्देशन दिइन् ।

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...