Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

‘नेपाली पत्रकारितालाई राजनीतिक नेतृत्वले प्रयोग मात्रै गरे’

काठमाडौं । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीतिक नेतृत्वले आफ्नो स्वार्थ अनुकूल पत्रकारितालाई प्रयोग मात्र गरेको तर पत्रकारिता क्षेत्र समस्यामा पर्दा साथ नदिएको बताएका छन् ।

सोमबार प्रेस चौतारी नेपालको स्थापना दिवस पारेर काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिले साँच्चै पत्रकारिता जगत समस्यामा परेको बताए । राजनीतिक नेतृत्वले पत्रकारितालाई आफू अनुकूल प्रयोग गर्दै आएर यो क्षेत्रको विकास र सम्बद्र्धनमा बेवास्ता गरेको आरोप उनले लगाए ।

‘नेपाली पत्रकारिता साँच्चै अप्ठ्यारोमा छ । राजनीतिक नेतृत्वले सजिलैसँग हामी यो क्षेत्रको विकास र संबद्र्धनको लागि लाग्छौं भनेको सुनिन्छ ।

सधैंभरी प्रयोगमात्रै गर्ने, आफूलाई अप्ठेरो र संकटमा परेको बेलामा साथ लिन खोज्ने, तर पत्रकारिता अप्ठेरोमा परेको बेला केही गर्न नसक्ने ठिक्क पर्यो भने जस्तै जस्तै भन्ने प्रवृति देखिएको छ । यसमा हामी गम्भीर हुनुपर्छ,’ बस्नेतले भने ।

बस्नेतले पत्रकारिता नजोगिए सरकार र राजनीति समेत नजोगिने जिकीर गरे । ‘पत्रकारिता जोगिएमात्रै राजनीति जोगिन्छ सरकार पनि जोगिन्छ,’ उनले भने ।

सरकारले अहिले कानून निर्माणको तहमा कतिपय गम्भीर खालका प्रावधानहरु पत्रकारितालाई समस्या पार्ने गरी ल्याउन लागेको भन्दै उनले यस्ता गतिविधि सरकारी तहबाटै हुन लाग्यो भने प्रेस चौतारीलगायतका संगठनहरु सजग बन्नुपर्ने बताए ।

नयाँ मिडियाले पत्रकारितालाई चुनौती दिइरहेको बताएका बस्नेतले यसलाई चुनौतीसँगै अवसरका रुपमा लिएर पत्रकारितालाई विकास गर्नुपर्नेमा जोड दिए । त्यसका लागि प्रेस काउन्सिलले आवश्यक सहयोग गर्ने आश्वासन उनले दिए ।

 

 

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...