Global IME Bank Limited
Everest Bank
Nmb bank

अर्थतन्त्रको बेथितिलाई थितिमा ल्याउन अझै समय लाग्छ : अर्थमन्त्री महत

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको बेथितिलाई थितिको बाटोमा ल्याउन अझै केही समय लाग्ने बताएका छन् । उनले बिगतका सरकारहरूले अर्थतन्त्रको अवस्था बिपरीत खर्च गरेको र त्यसको असर अहिलेसम्म पनि कायम रहेको दाबी गरे ।

बुधबार इकोनोमिक मिडियो एसोसिएसन नेपाल (इमान)को पहिलो वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले सरकारले बिग्रिएको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउने प्रयास गरिरहेको बताए ।

‘पहिलेदेखि बानी परेको बेथितिलाई थितिको बाटोमा ल्याउन अझै समय लाग्छ । तर कम्तिमा श्रीलंका बन्छ भन्ने अवस्थाबाट हामीले माथि उठाएर ल्याएका छौँ,’ उनले भने, ‘समग्रमा देशको अर्थतन्त्रमा सुधार हूँदै आएको कुरा तथ्यांकले नै देखाइरहेको छ ।’

अर्थमन्त्री महतले डबल हुन्छ भन्ने सोचेर मान्छेहरूले ऋण लिएर घरजग्गामा धेरै लगानी गर्दा घरजग्गाको व्यापार शिथिल बनेको बताए । परिस्थितिको राम्रो आंकलन नै नगरी कारोबार गर्दा समस्या आएको उनको भनाइ थियो ।

‘ऋण लिने र दिने दुवैले स्थितिको मुल्यांकन गर्न नसकेको अवस्था देखिएको छ, त्यसैले ऋणीलाई मात्रै होइन, बैंकहरुलाई पनि कडाइ गर्नुपर्ने अवस्थाबारे राष्ट्र बैंकसँग समन्वय भएको छ,’ उनले भने ।

उनले अहिले ऋण लिएको रकम माफी मिनाहा गर्न सक्ने गरी सरकारको अवस्था नरहेको बताए । ‘ऋण लिएपछि जसरी पनि तिर्नु नै पर्छ । खाएपछि तिर्नैपर्छ । यस्तो भ्रममा नपर्नुहोला,’ उनले भने, ‘कसै–कसैले तपाईलाई ठग्न पनि सक्छन् । अहिले ऋण मिनाहा गरिदिन्छु भन्दै मान्छेलाई भड्काउने काम भइरहेको देखेको छु । तर त्यो सम्भावना छैन ।’

सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे : अमरेश कुमार

सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे :...

वि.सं.२०८० फागुन १२ शनिवार ०७:५४

  काठमार्डौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सार्वजनिक सरकारी...

श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस

श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस

वि.सं.२०८० फागुन १२ शनिवार ०७:४८

काठमाडौं । श्रीलंकाको कोलम्बोमा सम्पन्न एसिया प्रसान्त क्षेत्रका मुलुकहरु सहभागी...

पूर्वी नाकाबाट ६९ अर्बभन्दा बढीको कृषिउपज निकासी

पूर्वी नाकाबाट ६९ अर्बभन्दा बढीको कृषिउपज निकासी

वि.सं.२०८० फागुन १२ शनिवार ०७:३६

विराटनगर । पूर्वी नाकाबाट तीन महिनाको अवधिमा तीन अर्ब ६९...

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:१४

काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका १८ जना...

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि आजै समापन

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:००

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठक...

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य अधिकार प्रदेशलाई दिनुपर्छ : पोखरेल (बागमती प्रदेश)

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य...

वि.सं.२०८० फागुन ९ बुधवार ०८:५९

काठमाडौं । बागमती प्रदेशका सांसद, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री...