Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

धुम्बाराहीमा नेपालकै पहिलो पारिवारिक मनोरन्जन पार्क ‘उप्स’ को सुरुवात

 

काठमाडौं । काठमाडौं धुम्बाराहीमा नेपालकै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात भएको छ। करिव १ महिना अगाडिदेखि संचालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी छन् । सोमबार एक औपचारिक कार्यक्रमका बीचमा उद्घाटन भएको ‘उप्स’ मा बच्चा देखि सिनियरसम्मले खेलको मनोरन्जन लिन सक्नेछन्।

 

आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इण्डूअर र आउटडूअर खेलहरुको मनोरन्जन पार्कमा लिन सकिनेछ। सस्तो मुल्यमा धेरै खेलहरु एकैठाउ खेलेर मनोरन्जन लिनु यो पार्कको मुख्य बिशेषता हो। साथै सपरिवार एकसाथ रुपमा पार्कमा गएर समय व्यतित गर्न सकिनेछ।

अभिनेत्री प्रियंका कार्कीले सोमबार आयोजित एक भव्य कार्यक्रमको बीचमा ‘उप्स’ को उद्घाटन गरेकी छन्। रिवन काट्दै प्रियंका र संचालक टिमले औपचारिक उद्घाटन गरेका हुन्। संचालक टिमलाई शुभकामना दिन गायिका इन्दिरा जोशी आफ्ना श्रीमान् संग पुगेकी थिइन्।

कार्यक्रममा बोल्दै प्रियंकाले सवै प्रकारका खेलहरु खेल्न सकिने ठाउ आकर्षक बनेको बताईन्। प्रियंका भन्छिन्, ‘सवै परिवार नै मिलेर खेल्न सकिने विभिन्न प्रकारका खेलहरु एकै ठाउँमा पाए। ठुलो स्पेसमा भएको कारण पनि धेरैले एकसाथ खेलको मज्जा लिन पाउनेछन्। ‘छोरी आयंकासंग पुगेकी प्रियंकाले चाडै नै श्रीमान् आयुष्मान देशराज जोशी र परिवार नै लिएर आउने जानकारी गराईन्।

भारतमा स्तिथ होप उप भनिने फनपार्कको सहयोगमा यो फेमेली फन पार्क नेपालमा संचालनमा आएको हो। नेपालकै पहिलो यो फेमेली फन पार्कलाई देशका अन्य स्थानमा पुर्याउने योजना संचालक टिमले बनाएको छ । बिभिन्न खेलको मज्जा एकै ठाउँ दिएर परिवारलाई नै मनोरन्जन दिलाउनु फन पार्कको मुख्य उद्देश्य हो ।

वि.सं.२०८१ कात्तिक १९ सोमवार २१:२१

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट एक सय २९ जना पक्राउ...

तिहार नेपालीहरूको महिमापूर्ण पर्व हो : प्रधानमन्त्री

तिहार नेपालीहरूको महिमापूर्ण पर्व हो : प्रधानमन्त्री

वि.सं.२०८१ कात्तिक १८ आइतवार १०:५१

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण...

भाइटीका आज  : उत्तम साइत बिहान ११:३७ बजे

भाइटीका आज  : उत्तम साइत बिहान ११:३७...

वि.सं.२०८१ कात्तिक १८ आइतवार १०:४२

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका ।...

घट्यो डिजेल र मट्टितेलको भाउ

घट्यो डिजेल र मट्टितेलको भाउ

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०९:२०

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री

तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०९:११

काठमाडौं । उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको...

आत्मसमिक्षा गरेर काम गर्नुपर्छ : मन्त्री गुरुङ

आत्मसमिक्षा गरेर काम गर्नुपर्छ : मन्त्री गुरुङ

वि.सं.२०८१ कात्तिक १५ बिहीवार २०:५२

काठमाडौं । नेकपा एमालेका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री...